मुख्य खबर

निर्मला हत्या प्रकरणः कालोपट्टीसहित धर्नामा

कञ्चनपुर,१७ मंसिर- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राखेर निरन्तर आन्दोलनमा रहेको नागरिक संघर्ष समितिले सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ। नागरिक संघर्ष समितिको अगुवाईमा अधिकारकर्मी, नागरिक समाजका पदाधिकारीले जिल्ला...

संवैधानिक परिषद्को बैठक निष्कर्ष विहीन

काठमाडौं,१७ मंसिर- प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा न्यायपरिषद्को सिफारिसका विषयमा सामान्य छलफलमात्र भएको संवैधानिक परिषद्का सदस्य समेत रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले...

अपांगता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याउन राष्ट्रपति भण्डारीको जोड

काठमाडौँ, १७ मंसिर- राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन । २७ औं अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घीय अपांगतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका...

सिद्धार्थ राजमार्गमा ३ दिन गाडी चलाउन रोक

बुटवल, १७ मंसिर-सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडक खण्डमा आजदेखि ३ दिनसम्म अत्यावश्यक बाहेकका गाडी चलाउन पूर्णरुपमा बन्देज लगाइएको छ । आजदेखि मंसिर १९ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएपछि यो...

नेपाल-बंगलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक आज

काठमाडौं,१७ मंसिर- नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आज सोमबार काठमाडौंमा सुरु हुँदैछ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको हो । बैठक सोमबार र मंगलबार दुई दिनसम्म...

फैसला कार्यान्वयन गर्न हतियारसहित न्यायिक प्रहरी

काठमाडौं १७ मंसिर- फैसला कार्यान्वयनमा समस्या देखिएपछि हतियारले सुसज्जित न्यायिक प्रहरी राख्ने तयारी भएको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले फैसला कार्यान्वयन वर्ष घोषणा गरेसँगै त्यसको जिम्मेवारी पाएका जिल्ला अदालतमा हतियारसहितका प्रहरी राख्ने तयारी भएको हो। हतियारसहितका...