-
कञ्चनपुर,१७ मंसिर- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राखेर निरन्तर आन्दोलनमा रहेको नागरिक संघर्ष समितिले सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ।
नागरिक संघर्ष समितिको अगुवाईमा अधिकारकर्मी, नागरिक समाजका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा टाउँकोमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन्। बिहान १० बजेदेखि अधिकारकर्मीले टाउकोमा कालोपट्टी बाँधेर धर्ना सुरु गरेका हुन्।
पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलबार २ दिन बिहान १० बजेदेखि ४ बजेसम्म कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले जानकारी दिइन्।
अधिकारकर्मीले मुल गेटमा धर्नामा बसेपछि जिल्ला प्रशासन कार्यालयको कामकाजमा समेत अवरोध भएको छ।
जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको वडा प्रहरी कार्यालयको बाटो भएर सेवाग्राहीहरु जानसक्ने भएपनि आन्दोलनरत अधिकारकर्मीले त्यहाँ पनि बाटो छेकेर अवरोध गरेपछि सेवाग्राही घर फर्किन वाध्य भएका छन्।
नागरिक संघर्ष समितिले २० गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलनका कार्यक्रम अन्र्तगत १९ गते न्याय खोज्दै दिउँसै टर्च लाईट बालेर प्रदर्शन गर्ने र २० गते महेन्द्रनगरमा बिशाल मानव साङ्गलोसहित प्रदर्शन गर्ने लगायतका कार्यक्रम घोषणा गरिएका छन्।
साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बलात्कार र हत्या भएको एकसय २८ दिन बितिसकेको छ। तर अहिलेसम्म पनि हत्यारा सार्वजनिक गरिएको छैन्।
News Desk 0 response सोमवार, मंसिर १७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
