• काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २९०० रुपैयाँले घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो । सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको थियाे ।

    यसैबिच मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।