• काठमाडौं,१७ मंसिर- प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा न्यायपरिषद्को सिफारिसका विषयमा सामान्य छलफलमात्र भएको संवैधानिक परिषद्का सदस्य समेत रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले दैनिकीलार्इ जानकारी दिए ।

    उनले केही दिनमा पुनः बैठक बसेर प्रधानन्यायाधीशको सिफारिस गरिने बताए । न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय चोलेन्द्र शमशेर जवारा र दीपकराज जोशीको नाम सिफारिस गरेको छ।

    न्यायाधीश जोशी यसअघि पनि प्रधानन्यायाधीका लागि सिफारिसमा परेर संसदीय विशेष सुनुवाइ समितिद्वार अस्वीकृत भएका कारण उनको नाम कैफियतमा राखेर सिफारिस गरिएको छ।