• बुटवल, १७ मंसिर-सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडक खण्डमा आजदेखि ३ दिनसम्म अत्यावश्यक बाहेकका गाडी चलाउन पूर्णरुपमा बन्देज लगाइएको छ ।

    आजदेखि मंसिर १९ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमनमा प्रतिबन्ध लगाइएको हो ।

    तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढुङ्गा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ देखि १९ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिएका छन् ।

    अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू हुने छैन । निर्वाध चल्न पाउने छन् ।

    सडक डिभिजन कार्यालयले आवागमनमा असुविधा हुने भएकाले वैकल्पिक उपाय सोच्न सबैमा आग्रह गरेको छ ।