-
काठमाडौं,१७ मंसिर- नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आज सोमबार काठमाडौंमा सुरु हुँदैछ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको हो ।
बैठक सोमबार र मंगलबार दुई दिनसम्म चल्नेछ । बैठकमा सहभागी हुनको लागि बंगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आइपुगेका छन् ।
नेपालको तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्नेछन् । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकसमेत तय भएको छ ।
उक्त बैठकमा नेपालको तर्फबाट सहसचिव दिनेश घिमिरे र बंगलादेशको तर्फबाट भने पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले नेतृत्व गर्नेछन् । बैठकमा क्रसबोर्डर इन्टर कनेक्सनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारबारे समेत दुवैपक्षबीच वार्ता हुने जनाइएको छ ।
त्यसैगरी नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बंगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट ५ सय मेगावाट बिजुली बंगलादेशले खरिद गर्नेबारे समेत बैैठकमा छलफल हुने बताइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ को गत सेप्टेम्बरमा भएको बंगलादेश भ्रमणमा पनि दुवै देशबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागि छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए ।
News Desk 0 response सोमवार, मंसिर १७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
