समाचार

एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका जादै

काठमाडौं, ४ भदौ – एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका जादैछ। सोमबार दिउंसो एक बजे मालिंगो विमानबाट नेपाली राष्ट्रिय टोली श्रीलंका जान लागेको हो। नेपाली टिमलाई सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन्।...

भूकम्पपीडित २७ प्रतिशतको मात्र घर निर्माण

काठमाडौँ, ४ भदौ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन्। ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औं वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ...

अर्बौं तीजको सामान रसुवागढी नाकामा रोकियो,महाबौद्ध विक्रीस्थलमा सामानको अभाव

रसुवा, ४ भदौ-वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार...

पूर्व नेपाली राजदूत केशव झाको निवासमै हत्या

 काठमाडौं,भदौ ४-फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भएको छ। प्रहरीका अनुसार राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको हो। ओलम्पिया स्कूल अगाडिको घरमा...

महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनालाई रोकथाम गर्न एक महिने विशेष प्रहरी अभियान सुरु

भद्रपुर,४ भदौ-महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनालाई कम र रोकथाम गर्न झापामा एक महिने विशेष प्रहरी अभियान आइतबारदेखि सुरु भएको छ। बलात्कार र महिलामाथि हुने यौनजन्य घटना बढ्न थालेकाले त्यसलाई कम गर्न उद्देश्यले अभियान सुरु...

आयल निगमको जग्गा फुकुवाका लागि मन्त्री यादवको आग्रह

काठमाडौँ, ३ भदौ- पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गरेका छन्। प्रतिनिधिसभा उद्योग...