-
काठमाडौँ, ४ भदौ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन्।
ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औं वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उनले
आव २०७५\०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६\०७७ मा सबै घर निर्माण कार्य पूरा हुन्छ भने।उहाँले भूकम्पपीडितले मापदण्ड पूरा गरेर मात्र घर बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादवले भूकम्पपीडितलाई आएको विदेशी सहायता पीडितसम्म नपुगेको, राष्ट्रिय प्राधिकरणको काम कछुवा गतिमा अघि बढिरहेको, जनता बाढी, पहिरोको जोखिममा बाँच्न बाध्य भएको बताए।
सांसद आशाकुमारी विकले भूकम्पपीडितले धेरै दुःख पाइसकेकाले उनीहरुको घर समयमै निर्माण गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए।
ट्रान्सपरेन्सी इन्टरनेशनलका महासचिव पद्मिनी प्रधानाङ्गले भूकम्पबाट क्षतिग्रस्त भवन तथा विद्यालय अझै पुनःनिर्माण हुन नसकेको, भूकम्पपीडितको घर निर्माणको गति सुस्त भएको उल्लेख गरे।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष हरि अर्यालले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि सदाचार कार्यक्रम सञ्चालन गर्दै आएको र नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्दै आएको जानकारी दिए।
कार्यक्रममा २७ प्रतिशत लाभग्राहीले मात्र घर निर्माण कार्य पूरा गरेको जानकारी दिइयो ।चौध जिल्लामा आठ लाख ०७ हजार ४८६ लाभग्राही रहेको, सात लाख २२ हजार १७६ सँग अनुदान सम्झौता भएको, पाँच लाख ४१ हजार ४४० घर निर्माण शुरु गरेको, तीन हजार ८१५ विद्यालय निर्माण सम्पन्न भएको बताइयो।
News Desk 0 response सोमवार, भदौ ४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
