• संघर्ष विना जीवनमा सफलता खोज्नु व्यर्थ हुन्छ,जीवन थापा “क्षितिज”
    जिन्दगीलाई परिभाषाभित्र अटाउन नसकिने रहेछ । बरु यसलाई भोग्ने र महसुस गर्ने तर्फ सबैको ध्यान आकर्षित भएको देखिन्छ । मानिस चेतनशिल प्राणी भएकाले पनि प्राथामिकताका विषयहरु फरक–फरक छन् । आजको वर्तमान विश्वलाई विचारको म्यूजियम भन्दा पनि फरक नपर्ने भएको छ । मानिसले आफ्नो गन्तव्यको रुपरेखा आफै निर्माण गर्न सक्ने भएकाले विगत,वर्तमान र भविष्यको समस्टिगत रुपलाई प्रतिनिधित्व गर्ने विषय आफैमा नौलो भने पक्कै होइन । समय यति धेरै परिवर्तनशिल छ,जसलाई कुनै परिधि वा परिमितिभित्र बाँधेर राख्न नसकिने कुरा सबैलाई अवगत नै छ ।
    जब एउटा अवोध बालकको मनमा कलाकार बन्ने सपना सजाउँछ,तर त्यहि रङ्गीन समाजले उसलाई भविश्य नभएको क्षेत्र परिभाषित गरिदिन्छ । समयको सौदाबाजीसँग निर्भिक भएर उभिने मानिसले मात्र सपनालाई पूरा गर्न सक्छ । समाज रुपमान्तरणको एउटा बलियो हतियार भनेको विचार हो । जहिले वा सधै यस्को सापेक्षतामा उभिन आह्वान गर्ने काम कलाकारको हो । जब नागरिकलाई क्रान्तिको लागि आह्वान गरिन्छ तब कलम र कलाको माध्यम्बाट लेखक तथा कलाकारले बुलन्द आवाज उठाउँछन् र न्यायको वकालत गर्दछन् । भाषा अथवा अन्य धेरै परिधिभन्दा माथी सम्झन्छन् । शब्दको खेती गरि,जीवनको अन्तिम घडीसम्म सचेतनाको विगुल फुकिरहने अठोट जीवन थापा “क्षितिजमा” छ ।
    उनी सधै सत्यताको वकालतमा अग्रसर र तत्पर छन् । अरुबाट हुने परिवर्तन कुरेर कहिल्यै बस्न नरुचाउँने बरु आफू स्वयम् सकरात्मक समाज परिवर्तनको नेतृत्व गर्न तयार र तत्पर हुने अटल स्वभावका धनी हुन् जीवन थापा “क्षितिज” । साविकको याकु .गा. वि.स.वडा.न.४,परिवर्तित हाल अरुण गाउँपालिका ७.न. वडा,भोजपुर जिल्ला, प्रदेश.१.,मैदानेमा वि.स.२०५० सालमा जन्मिएका जीवन थापाको कलाकारिता यात्रा निकै पे्ररणादायी छ ।
    पिता खण्डमान थापा र माता सरस्वती थापाकी सन्तानमध्ये कान्छो छोरा हुन् जीवन थापा । बालक देखि अहिले सम्मको उनको कलाकारिता र राजनीतिक यात्राका मार्गनिर्देशक वा प्रेरक व्यक्तित्व,उनका सहोदर दाई कुमार थापा हुन् । जस्ले आफ्नो हरेक प्राथमिकताको विषयलाई भाइको सफल्तासँग जोडेर हेर्ने गर्छन् । जसले सपना देख्छ,त्यसैले ती सपना साकार बनाउँछ भन्ने गहकिलो उदाहरणका रुपमा उनलाई लिन सकिन्छ । त्यसैले जीवन थापा क्षितिजले मानव समाजमा सधै वकालत गर्ने शब्द हो, “संघर्ष विना जीवनमा सफलता खोज्नु व्यर्थ हुन्छ” वास्तवमा यो मानव जीवनमा यार्थाथ हो ।


    जीवन थापा “क्षितिज” वर्तमान समयका चर्चित युवा लेखक,कलाकार तथा चलचित्र निर्देशक हुन् । कला,साहित्यसँगै राजनीतिमा पनि थापा सक्रिया भूमिका निर्वाह गर्दैछन् । उनी जननाट्या कर्मी संङको १.न.प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । सूचनाको हक अभियानका कुशल अभियन्ता एवंम् आर.टि.आई एड्ड इन्टरनेशनल नेपालका अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
    समाजमा हुने विभिन्न प्रकारका,लैङगिक,जातिय,वर्गीय विभेद जस्ता हिंसाको न्यूनिकरण गरि,मानव समाजमा आमुल सामाजिक परिवर्तन ल्याउँने लक्ष्य तथा उद्देश्य अनुरुप सडक नाटकमाध्यम्द्धारा आम जनमानसमा जनचेतना फैलाउने अभियान अन्तर्गत देशको मेची,महाकाली यात्रा जीवन थापाले तय गरिसकेका छन् । वि.स.२०७२ सालको विनाशकारी भूकम्पले देशलाई क्षत विक्षत बनायो । त्यो समय र अवस्थामा नेपालीहरुको पीडा र कष्टको कुरै नगरौं,यसरी जर्र,जर्र बनाएको मानव बस्ती र पीडितहरुको उद्धारकार्य र सिन्धुपाल्चोक जिल्लाको पुन–निर्माण कार्यमा सक्रिया भई जुटेका थिए ।
    सिङगो चलचित्रमा एक जनामात्र कलाकार,नेपाली कथानक चलचित्र उद्योगका इतिहासमै नाम राख्न सफल भएको छ । चलचित्र “अन्तिम पाना”का पटकथा लेखन तथा निर्देशन जीवन थापा “क्षितिजले”गरेका हुन् । जुन चलचित्र प्रदर्शन हुने क्रममा छ । चलचित्र प्रदर्शन अगावै खुब चर्चा–परिचर्चा कमाएको छ । त्यसैगरी नेपालमा जनयुद्धको समयमा घटित घट्ना,सन्दर्भ र केही ओझेलमा परेका विषयहरुलाई उजागर तथा त्यस्ता घटित घट्नालाई सम्बोधन गर्ने हेतुले,“खुल्ला आकाश” नामक नेपाली कथानक चलचित्र निर्माण भएकोे छ । सो चलचित्रको पटकथा लेखनका साथै चलचित्रमा कलाकारको मुख्य भूमिका निर्वाह जीवन थापा “क्षितिजले” गरेका छन् । उक्त चलिचत्रिमा जीवन थापाको जीवन्त मार्मिक अभिनय देख्न सकिने छ । दर्जनौं नाटकको लेखन तथा निर्देशन,मञ्चन गरिसकेका “क्षितिजले” तीन दर्जन भन्दा बढी म्यूजिक भिडियोमा जीवन्त अभिनय निर्वाहसँगै तमाम दर्शको मन जित्न सफल भएका छन् ।
    साना तथा ठूूला कथानक र लघु जस्ता आधा दर्जन भन्दा बढी नेपाली कथानक चलचित्रहरुमा सशक्त अभिनय निर्वाह गरिसकेका छन् । उनी एक अथक पौरखी,बहुप्रतिभाशाली युवा हुन् । समाजमा हुने, र गरिने अनेकौं आलोचनाको भेलबाढी नै किन अगाडि नआओस् त्यसको कुनै प्रवाह नगरी,सदासर्वदा आफ्नो कर्ममा जुटिरहने एक संकल्प युवा हुन् । कुनै दिन भोकको पिरामिडलाई भोटे ताल्चा लगाएर चलचित्रको सि.डि.तथा डि.भि.डि,सहर बजारको चोक,चोकमा खोज्दै हिड्ने उनी स्कुल र कलेजको मोहले भन्दा पनि सिनेमाहल र थिएटर तिर धाउँने बांनिले आजसम्मको कलाकारिता यात्रालाई बलियो बनाएको कुरा थापा स्वीकार छन्् । प्रकृति प्रतिको प्रेम र मानव जातिको हित उनको लागि सबैभन्दा मनपर्ने गन्तव्य स्थल हो । याथार्थको धरातलमा उभिन कति पनि सम्झौता नगर्ने उनको व्यवहारले सबैलाई प्रभावित पार्नु स्वभाविक पनि हो । सिउँडिबाट पनि सेतो पदार्थ निस्कन्छ तर दुध जस्तो मथनेर कहिल्यै पनि घिऊ निकाल्न सकिँदैन । त्यसैगरी प्रतिभा पनि एक प्रकारको दुध जस्तै हो । मानिस भविष्यमा खीर खान पाउँने सपनाले वर्तमानमा भोजन नगरी, बस्न सक्दैन तसर्थ उनको विचारमा सम्पूर्ण पेशा,व्यवसायलाई सम्मान पुर्वक हेर्नु पर्ने उनको धारणा छ । लोकप्रियताको लागि भन्दा पनि समाज रुपान्तरण र आत्मसन्तुष्टिका लागि काम गर्ने उनको आद्त रहको छ । ठूलालाई आदार र सानालाई मायाँ गर्न उनको जीवनशैली नै हो ।
    पानीको धाराबाट फिल्टर गरेर पानी पिउँने परम्पराले मानिसलाई भ्रममा राखिदिन्छन्,बरु कठिन भए पनि मुहान सफ गर्न सबैलाई प्रेरित गर्नु बुद्धिमानी हुने उनको ठहर छ । कला, साहित्य, संस्कृति उनको लागि मुटुको धड्कन जस्तै बनी सकेको छ । एक दिनको जीवन पनि सिङ्गो कालखण्ड हुन्छ किन कि, आफ्नो सपनामा बाँच्न पाउँदा ! यस स्वार्थी संसारमा,कसैसँग उनी आशा राख्दैनन् बरु असाह्य,निमुखाहरुको आशाको दियो बनेर निरन्तर सेवामा जुटिरहेका छन् । वर्तमान विश्व र नेपाललको परिस्थिति जुन कोरोना भाइरसले तहस नहस, बनाएको अवस्थामा, उनी गृह जिल्लामा बसेर निरन्तर चलचित्रको अवधारणा,कथा,पटकथा लेखनमा व्यस्त रहेका छन ्। विश्व समुदायमा फैलिएको महामारी कोरोना भाइसरस (कोभिड–१९) को विषम परिस्थितिले समग्र चलचित्र उद्योग र त्यस क्षेत्रमा आवद्ध कलाकार,प्राविधिकहरुको जीवन दैनिकीमाथि परेका प्रभावका वारेमा गहिरो अनुसन्धान गरिहेका छन् ।

45