• काठमाडौं । कवि तिलक थापा ‘भोजपुर’े,झट्ट सुन्दा कता कता चिरपरिचित नाम झै लाग्ने,तर वास्तविक भने नव उदयमान साहित्यकार हुन् । सानै उमेर देखि रङ्गमञ्चमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेका कवि तिलक थापा “भोजपुर”े पछिल्लो समय साहित्य क्षेत्रमा सशक्त कलम चलाउँदै आएका छन् । कवि,कलाकार,साहित्यकार तिलक थापा,कविता लेखनतर्फ सक्रियता बढाएका छन् । टेलिसिरियल “तितो पिरो” डेढ दर्जन भन्दा बढी म्यूजिक भिडियो,लघु चलचित्र,कथानक चलचित्रमा साना र मुख्य भूमिका निर्वाह गरिसकेका तिलक भोजपुरेले,दूई दर्जन भन्दा बढी नाटक मञ्चन,लेखन,निर्देशन समेत गरिसकेका छन् । कवि तिलक थापा “भोजुरेद्धारा” रचित कविताहरु प्राय,राजनीतिक ब्याङ्गे,प्रकृति प्रेम,सामाजिक सचेतना र सम्बन्धवारे सिर्जना पस्काउँने गरेको पाईन्छ । निरन्तर कविता लेखन प्रति कलम चलाइरहेका भोजपुरे निकत भविष्यमा कविता संग्रह प्रकाशन गर्ने तयारीमा रहेको कवि भोजपुरेले बताएका छन् । कवि भोजपुरे नेपाली साहित्य क्षेत्रमा नयाँ आयम स्थापित गर्ने सशक्त प्रतिभा हुन् । १.प्रदेश,भोजपुर,मैदानेका स्थायी निवासी थापा,पिता स्वर्गीय कृष्ण बहादुर थापा र माता भक्त कुमारीकी कान्छो सन्तान हुन् ।
    विद्याः कविता

    शीर्षकः सपनाको सन्देश

    आयो सिजन विकासका बिरुवा रोप्ने बेला ।

    गरिएका मिठा कुरा र लेखिएका नारा सम्झिए कि बिर्से होला ?

    ए सपना पु¥याउँन तिनीहरुलाई सन्देश न्यायका आँखा खोल्ने होला ।

    ति मुड झैं मुर्तिहरुको गरि रहने छन् कि अभिनय केहि त बोल्थे होला ।

    विकासका लहरहरु ठिक ठाउँमा राख्छौं भन्ने हरुलाई

    खै कुनै समयमा घर–घरमा गएर मलाई काम गर्ने अवसर दिनु भन्ने हरुलाई ।

    आफ्नो ठाउँको सुन्दर भविष्य बनाउने छु भन्ने हरुलाई

    आफ्नो पर्चा पल्टाएर हेर ।

    अमूल्य समयमा लगाएको मतहरुको इज्जत जान नदेऊ खेर ।

    कलमका टुप्पोले ठेलिरुपको पानामा सजाएर खल्ती तिर नपरोस् ।

    भित्र सत्य कतै लुकाएर बाहिर खबर अर्कै नल्याईयोस् ।
    जनताको थोपा,थोपा पसिना, रगतबाट जम्मा भएको बजेट बेकारमा खेर नजाओस् । ।
    यो सपनाको सन्देशलाई कसैले गलत अर्थ नलाओस् ।

    टस्छछ ब्ः ९ज्ञछ जयगचक बनय०       

    विद्याः कविता

    शीर्षकः फूल

    नामै तिम्रो कति राम्रो लजाएर हाँस्छौ ।
    जुन सुकै सुन्दर ठाउँमा सजाएर बस्छौ ।

    करेसा बारी, फूल वारी, सिंढी,कौसीमा ।
    सबैले आनन्द लिएर हेरि रहन्छन् तिम्रो मुस्कानमा ।

    कसैको शिरमाथि कसैको गला सजाइ दिन्छौ ।
    ठूलासभा भेला मेलामा सबैतिर तिमी अघि सर्छाै ।

    तिमीले नै सबै ठाउँमा सोभा बधाई दिन्छौ ।
    आनन्दता सुन्दरताले सबैको मन नै तानि लिन्छौ ।

    विश्वभरको कुन कुनामा छ तिमी नभएको ।
    कुन मन्दिर र कार्यक्रम होला तिमी नगएको ।

    सजि सझाउ जता चाहिन्छ तिमी अघि पुग्छौ ।
    अरुलाई खुसी दिन्छौ बरु आफू सुक्छौ ।

    ठूला ठूला महल देखि झुपडीसम्म
    सबैको मन खुस्ी राख्छौ, फूली दिन्छौ टम्म ।

    मन्दिर भित्र सबैकोठा सजाएर थुन्दा ।
    पीडा भएपनि हाँस्दै रहन्छौ तिमीलाई माला उन्दा ।

    मन्दिरको गजुर देखि लाश चितासम्म ।
    काम गर्नै नसकिने तिमीलाई नल्याएसम्म ।

    दिनभरि सजिएर बांस्ना दिन्छौ राती ।
    जतासुकै खोजी तिम्रो फूल कति जाती ।

    विद्याः कविता

    शीर्षकः माया प्रेम

    माया एक अचम्मको भाव बुभ्mनै सकिन्न यहाँ ।
    मायाबाटै हुन्छ संसार अडेको कसले बुभ्mन सक्छ कहाँ ।

    यसैमा अन्धो भइ ख्यालै नगरी लापरबाही माया गरे ।
    पहिलो चरणमा होला सुख सुविधा संकट पर्छ भरे ।

    मायाको खेलमा परेर कति निर्दोष चेली बेचिए ।
    यस्तै नाटकमा परेर कति पुरुषको बेकार घाँटी रेटिए ।

    यस्तै अचम्मको हुन्छ मायाको सम्बन्ध बिचमा छृुट्ने ।
    यसकै जालमा फसेका कतिलाई घरमै बोलाएर कुटपिट हुने ।

    यस्तो हुन्छ माया प्रेमको जालो सत्य भनी बुझिदिनु ।
    झूटो जाली कपटपूर्ण तवरले नर्गनु माया सदभावले पूजीदिनु

    रुपको धनको उच्च निचको खाडल नहोस् माया प्रेम ।
    बाहिरी देखावती कुदृष्ट्रिले हैन माया पथलाई सदभावले हेर्ने ।
    मया यस्तो होस् दुवै जनाको एउटै मुटु हो बनोस् ।
    बिचमा रंगा फेरियो हैन कसैको कहिले नछुट्ने बनोस् ।
    घाइटे कोही नबनोस् आँशु बगेर भित्री मन नजलोस् ।
    सदभावको दियो बलोस् मन मिलेर सुन्दर जीवपन चलोस् ।

    विद्याः कविता
    शीर्षकः शासन

    देशमा धेरै खाले पार्टी कति खोले ।
    मिठा भाषण गरि,गरि नारा लगाउँदै बोले ।

    अरुले भन्दा मैले खोल्छु विकासका लहर ।
    गाउँ गाउँमा बनाउँने छु सुन्दर ठूलो सहर ।

    शिक्षा स्वास्थ्य खानेपानी सडकको ताँती ।

    बेरोजगारी हुन दिने छैन भन्थे कुरा छाँटी ।

    अन्याय मुलुकभरि हुने छैन चल्ने छ सु शासन ।
    गरिब जनताहरुलाई मख्ख पार्ने कति मिठो भाषण ।

    जनतालाई कति झुक्याउँने नाम फेरि फेरि ।
    तिनीहरुलाई मोज मष्ति जनता बस्ने हेरी ।

    झ्याप्पै मौका मिल्यो भने पार्टी पनि फेर्ने
    राम्रो कुर्सी मिल्छ भने धेरै पार्टी जोड्ने ।

    पीडा हुने जनताहरु दुःख पिउँदै रुँदै,रुँदै बस्छन् ।
    बिजय हुनेहरु खुसी हुँदै ठूला ठूला महल पस्छन् ।
    हत्यारा चोर बलत्कारी बाहिर तिरै हुन्छन् ।

    सोझा सिधा जनताले कु कर्मको बिरोध गरे जेल भित्र थुन्ने ।

    यस्तै चाल्ले हाम्रो देशमा विकास कहिले हुन्छ मजदर,
    किसान पीडा झेल्दै भोक भोकै रुने ।

    यस्तो खालको पीडा दिने साउन कसैलाई चाहिन्न ।
    राजनीतिको नाममा जनतलाई पीडा दिन पाइन्न ।

    हाम्रो देशमा धेरै नै छ सु साउनको खाँचो ।
    राम्रो कामको सुरुवाटमा देखाउँदैन् चासो ।

    जसरी पनि देशमा असल शासन ल्याउँनुपर्छ ।
    सबै जनताहरु मिलिजुली ठेगान लगाउँनु पर्छ ।

45