-
काठमाडौं,१७ साउन अमेरिकाले चिनियाँ सामग्रीहरुमा २५ प्रतिशतको आयात कर लगाउने भएको छ। यसअघि १० प्रतिशतको कर बढाउने योजना गरिएकोमा अहिले त्यसलाई बढाएर २५ प्रतिशतमा पुर्याइन लागेको हो। अमेरिकाले दुई खर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामग्रीहरुका लागि यो योजना अघि सारेको हो।
अमेरिकी सञ्चारमाध्यमहरुले स्रोतलाई उल्लेख गर्दै दिएको जानकारी अनुसार यसले आगामी दिनमा अमेरिका र चीनबीचको व्यापारिक तनाव थप बढाउने उल्लेख गरिएको छ। अहिले दुवै मुलुकहरु व्यापारयुद्धको क्रममा रहेकोमा यस किसिमको विवरण सार्वजनिक हुनुले व्यापारिक आशंका बढाएको विश्लेषकहरुले बताएका छन्।
अहिले अमेरिकाले अघि सारेको योजनामा आगामी सेप्टेम्बर महिनाको सुरुवातदेखि नै यो योजना लागू हुनसक्ने बताइएको छ। अमेरिकाले छ हजार चिनियाँ सामग्रीहरुको आयात कर बढाउने निर्णय गरेको हो। जसमा रसायन, कपडा, पौष्टिक तत्व र उपभोग्य सामग्रीहरु रहने बताइएको छ।
यसअघि अमेरिकाले ३४ अर्ब डलरको चिनियाँ सामग्रीहरुमा आयात कर बढाउने निर्णय गरेको थियो। सोही अनुसार चीनले पनि जवाफ दिँदै ३४ अर्बका अमेरिकी सामग्रीहरुमाथि कर बढाएसँगै दुई मुलुकहरुको व्यापारिक अवस्था बिग्रिएको हो। यसअघि अमेरिकाले चीनले अमेरिकाको कर बढाउने निर्णयमा जवाफी कर बढाएमा सबै चिनियाँ सामग्रीहरुमा कर बढाइनसक्ने चेतावनी दिएका थिए।
चीनले भने आफूहरु खुला अर्थतन्त्रको पक्षमा रहेको र व्यापारयुद्धले कसैलाई पनि फाइदा नहुने बताउँदै आएको छ।एजेन्सी
News Desk 0 response बिहिबार, साउन १७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
