-
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ।
नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गर्न लागेका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ। सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान सुरू गरेका छन्। पछिल्लो चरणमा ४२ उडान हुँदैछन्।
यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ ।
उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा दुई उडान गर्नेछ।
हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ।
उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ।
यो अवधिमा एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ।
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन्।
News Desk 0 response बुधबार, असार ३१, २०७७
सम्बन्धित शीर्षकहरु

ठोरीको अयोध्यापुरीमा बढ्यो प्रम ओलीको चासो, आउँदो रामनवमीमा पूजा गरी काम सुरू गर्ने
शनिबार, साउन २४, २०७७-
कस्तो रहनेछ आजको मौसम ?
बुधबार, अशोज १४, २०७७ -
अझै तीन दिन देशभर वर्षाको सम्भावना
बिहिबार, अशोज ८, २०७७ -
विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान..
बिहिबार, अशोज ८, २०७७ -
ठोरीको अयोध्यापुरीमा बढ्यो प्रम ओलीको चासो, आउँदो..
शनिबार, साउन २४, २०७७ -
अनियन्त्रित भई कार पल्टिँदा तीन जनाको मृत्यु
शनिबार, साउन २४, २०७७
-
कस्तो रहनेछ आजको मौसम ?
बुधबार, अशोज १४, २०७७ -
अझै तीन दिन देशभर वर्षाको सम्भावना
बिहिबार, अशोज ८, २०७७ -
विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान..
बिहिबार, अशोज ८, २०७७ -
ठोरीको अयोध्यापुरीमा बढ्यो प्रम ओलीको चासो, आउँदो..
शनिबार, साउन २४, २०७७ -
अनियन्त्रित भई कार पल्टिँदा तीन जनाको मृत्यु
शनिबार, साउन २४, २०७७