-
बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ ।
निर्माणको क्रममा आईसीबी १ र आईसीबी २ गरी छुट्याएर ठेक्का लगाएको थियो । जसमा आईसीबी–१ अन्तर्गत अधिकांश उपकरण जडानका काम भइसकेका छन् भने आइसीबी–२ अन्तर्गतका कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्स (सिएनएस) लगायतका काममध्ये डिभिओआर/डीएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत भन्दा बढी आइसकेका र जडानको क्रममा छन् ।
यस्तै फिनिसिङ्ग बाहेक अर्को ठूलो काम धावनमार्ग वरिपरि पेरिमिटर सडक निर्माण बाँकी छ । बाँकी उपकरण र विशिष्ट दक्ष प्राविधिकहरु आउने क्रममा रहेको जनाइएको छ । लकडाउनका कारण हाल अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण उपकरण र प्राविधिकहरु आउन ढिलाइ भएको हो ।
सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि ती प्राविधिक आउने र उपकरण ल्याएर जडान गर्ने काम हुनेछ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल निर्माणको काम लकडाउनमा समेत भएको थियो ।
News Desk 0 response शुक्रबार, साउन २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
