-
काठमाडौं,८ साउन-उत्तर कोरियाले आफ्नो महत्त्वपूर्ण रकेट परीक्षणस्थल नष्ट गर्ने काम थालेको छ। उत्तर कोरियाले उत्तर–पश्चिम क्षेत्रमा अवस्थित सोहोमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न शुरु गरेको हो।
अमेरिकाको ‘३८ उत्तर’ नाम दिइएको निरीक्षण समूहले प्रकाशमा ल्याएको भू–उपग्रह तस्वीरको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उत्तर कोरियाले निःशस्त्रीकरणको थालनी गरेको जनाएका छन्।
यसअघि उत्तर कोरियाले सोहाइलाई स्याटेलाइट परीक्षण स्थल भएको बताएको थियो। तर अमेरिकाले उसको भनाइ पत्याएको थिएन। त्यहाँबाट ब्लास्टिक मिसाइल परीक्षण हुने उसको आशंका थियो।एजेन्सी
उत्तरकोरियाली नेता किम जोङ ऊन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत महिना सिंगापुरमा भेटवार्ता भएको थियो। सोक्रममा उनीहरुबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निःशस्त्रीकरण पार्ने सहमतिमा हस्ताक्षर भएको थियो।
यद्यपि, निःशस्त्रीकरण कहाँबाट र कसरी शुरु गर्ने भन्नेमा भने मतैक्यता देखिएको थिएन। दुई देशबीच केहीअघि विवाद समेत देखिएको थियो। उत्तरकोरियाले अमेरिकाले परमाणु निःशस्त्रीकरणका लागि अनावश्यक दबाव दिएको भन्दै असन्तुष्टि जनाएको थियो।
तर केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियासँग सुधार हुँदै गएको सम्बन्धले आफू खुसी भएको बताएका थिए।
उनले एक ट्वीट गर्दै अमेरिकाले ९ महिनादेखि कुनै पनि परमाणु परीक्षण नगरेकोमा खुसी व्यक्त गरेका थिए। उत्तर कोरियाको यो कदमबाट जापानसँगै सिंगो एसिया नै खुसी भएको भन्दै उनले आफू उत्तर कोरियासँग रिसाएको भनेर गलत प्रचारबाजी गरिएको सञ्चारमाध्यमप्रति आक्रोस पोखेका थिए।
उत्तर कोरियाले ६ न्यूक्लियर परीक्षण गरेको छ, जसमध्ये पछिल्लो परीक्षण गत वर्षको सेम्टेम्बरमा गरेको थियो।
News Desk 0 response मङ्लबार, साउन ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
