-
काठमाडौँ,भदौ भदौ २६-उत्तर कोरियाली नेता किम जङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ शिखर वार्ताको आह्वान गरेका छन्।
अमेरिकी सदन ह्वाइट हाउसका अनुसार किमले शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्पलाई सद्भावपूण पत्र पठाएका छन्।यसैवर्षको जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्तापछि उत्तरले पहिलो पटक अर्को शिखर वार्ताको आह्वान गरेको हो।
यसअघिको वार्तामा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणका कार्यक्रमलाई निशस्त्रीकरणगर्ने सम्झौता भएको थियो। उत्तर कोरियाको पछिल्लो प्रयास स्वागत योग्य भएको ह्वाइट हाउसकी प्रवक्ता सरा साण्डर्सले बताएकी छन्।
उनले भनिन्,‘उत्तरले पठाएको सद्भावपूर्ण पत्र सकरात्मक र स्वागत योग्य छ।’ उत्तरले पत्र पठाएर क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने वाचालाई निरन्तरता दिएको साण्डर्सको भनाइ छ।उनले अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहिरहेको अवस्थामा उत्तरले वार्ताका लागि पत्र पठाएको बताईन्।
उत्तर कोरियाले केहि दिनअघि आफ्नो ७० औं वर्षगाठको अवसरमा विशाल सैन्य परेड गराउँदा, त्यहाँ अन्तर महादेशीय व्यालिस्टिक क्षेप्यास्त्रलाई प्रदर्शन गरेको थिएन।त्यस्ता क्षेप्यास्त्र अमेरिकासम्म मार हान्ने क्षमताको रहेको यसअघि उत्तर कोरियाले दाबी गर्दै आएको थियो।
क्षेप्यास्त्रहरु परेडमा सामेल नगराएर उत्तरले अमेरिकी सहमतिलाई सम्मानगर्दै क्षेप्यास्त्र निशस्त्रीकरणको प्रक्रिया सुरु गरेको विश्लेषकहरुले बताएका छन्।
News Desk 0 response मङ्लबार, भदौ २६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
