-
वासिङटन, ८ भदौ-अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान लागेका छन । उनले उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिए।
विदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमणमा बिगन पनि साथमै रहने पनि बताए।
“स्टिभले उत्तर कोरियासम्बन्धी अमेरिकी नीतिका बारेमा नेतृत्व लिनुहुनेछ, राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच भएका सम्झौताको पूर्ण कार्यान्वयनमा योगदान दिनेछन,” विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पोम्पेओले भने ।
अमेरिका र उत्तर कोरियाले जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा भएका सहमतिको कार्यान्वयन गर्ने सन्दर्भमा वार्ताहरु गरिरहेका छन् । दुवै नेताबीच कोरियाली द्वीपलाई आणविक हतियारविहीन पूर्ण निःशस्त्रीकरण गर्ने समझदारी भएको छ । उत्तर कोरियाले पनि अमेरिकाबाट सुरक्षाको पूर्ण प्रत्याभूति चाहेको छ ।
तर, प्योङयाङले पहिले आफूसँग भएका सबै आणविक हतियारका बारेमा जानकारी दिनुपर्ने अमेरिकाको माग रहिआएको छ भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा समाप्त भएको अमेरिकाले घोषणा गर्नुपर्ने उत्तर कोरियाको आग्रह छ ।
उत्तर कोरियामाथि लागेका आर्थिक नाकाबन्दीको विषयले पनि तनाब सिर्जना गरिआएको छ ।
अमेरिकाले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण नगर्दासम्म प्रतिबन्धहरु यथावत राख्ने जनाइसकेको छ । यही एक महिनाभित्रै अमेरिकाले उत्तर कोरियासँग सम्बन्धित गैरकानुनी व्यापारलाई लक्षित गरी तीनवटा एकतर्फी प्रतिबन्ध घोषणा गरिसकेको छ । प्योङयाङले अन्तर्राष्ट्रिय प्रतिबन्धका विरुद्धमा अमेरिकाको चर्को आलोचना गरेको छ । गतसाता कीमले प्रतिबन्धका सम्बन्धमा कटाक्ष गर्दै “दुश्मन शक्ति” को कायरतापूर्ण कार्य रहेको बताए।
यसै वर्षमात्र पोम्पेओको यो उत्तर कोरियाको चौथो भ्रमण हो ।
पहिला दुईवटा भ्रमणमा पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच ऐतिहासिक शिखर बैठकको तयारी गरेका थिए। उनको तेस्रो भ्रमण भने सिंगापुर बैठकको प्रगतिको समीक्षा गर्नेतर्फ केन्द्रित थियो । तर यस पटकको भ्रमणमा कीमसँग भेटघाट हुने वा नहुने भन्नेबार प्रष्ट भइसकेको छैन ।
News Desk 0 response शुक्रबार, भदौ ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
