-
काठमाडौं,५ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चिनियाँ सामानमाथि लगाएको महशुलसँग जुध्न चीनले आफ्नो मुद्राका लागि चलखेल गरेको आरोप लगाएका छन् ।
ट्रम्पले रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा चीनमाथि यस्तो आरोप लगाएका हुन् ।
चीन र अमेरिकाबीच जारी व्यापार युद्धका विषयमा यो साता वासिंटनमा दुई देशका नेताहरूबीच भेटवार्ताको तयारी भइरहेका बेला ट्रम्पले यस्तो आरोप सार्वजनिक गरेका हुन् ।
तल्लो तहका अधिकारीहरूबीच हुने भनिएको यो वार्ताबाट दुई देशबीचका तनावहरू कम गर्न सफलता प्राप्त हुनेमा धेरैले आंशका गरेका छन् ।
ट्रम्पले यो बैठकबाट धेरै अपेक्षा आफूले नगरेको बताए ।साथै उनले दुई ठूला अर्थतन्त्रबीचको भिडन्तलाई तह लगाउने कुनै समय खाका आफूसँग नभएको बताए ।
गत जुलाईमा दुई देशले एक अर्काको उत्पादनमाथि ३४ अर्ब अमेरिकी डलर बराबरको वस्तुमा महशुल बढाएका थिए ।
अमेरिकाले १६ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा थप महशुल अगस्ट २३ देखि थोपर्ने योजना बनाएको छ ।
अमेरिकाले चिनियाँ सामानमा महशुल बढाए त्यसको जवाफ त्यसैगरी दिने चीनले प्रतिबद्धता व्यक्त गरेको छ।
अमेरिकी प्रशासनले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ वस्तुमा अतिरिक्त शुल्क लगाउने विषयमा तयारी अगाडि बढाएकोछ । यसको विषयमा यो साता वासिंटनमा सुनुवाई हुनेछ ।
यो महिना ट्रम्पले महशुल १० प्रतिशतको साटो २५ प्रतिशत बढाउन भनेको उनको प्रशासनले घोषणा ग-यो ।
रोयटर्ससँग कुराकानी गर्दै ट्रम्पले भने “ मलाई लाग्छ चीनले आफ्नो मुद्राको लागि गडबडी गरिरहेको छ ।”
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ केही मुद्रा स्थानान्तरणका लागि जिम्मेवार बैंक हो । ट्रम्पले आफूले फेडरल रिजर्भको त्यो जिम्मेवारीलाई रोकेको बताए ।
यो बैंकले गतिविधि ग-यो भने अन्य केन्द्रीय बैंकले पनि नीतिगत परिवर्तन गर्छ ।
ट्रम्पले भने “हामी अन्य देशहरूसँग सम्झौता गर्न गरिरहेका छौं । हामी जितिरहेका छौं ।
News Desk 0 response मङ्लबार, भदौ ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
