• काठमाडौं,२४ साउन –चीनले तीन सन्तानको नीति अंगीकार गर्न सक्ने देखिएको छ।सन् २०१६मा दशकौंको एक सन्तान नीतिलाई हटाएर जोडीहरूलाई दुई सन्तान पाउने अनुमति दिन सक्ने नीति चीनले ल्याएको थियो।

    चीनमा बुढाबुढीहरूको संख्या धेरै भएको देखिएको छ।यो समस्या हटाउन चीनले तीन सन्तानको नीति ल्याउनुपर्ने आवश्यकता  देखिएको छ।सन् २०१९मा सुगुर छापको हुलाक टिकट ल्याएर यो वर्षलाई  सुगुर वर्षको रूपमा मनाउन खोजेको छ।

    सुगुरका तीन बच्चा सुखी परिवारको रुपमा बुझिन्छ।यसअघि चीनले दुई बच्चा भएको बाँदर वर्ष हुलाक टिकट चलाएको थियो।चीनमा ६० वर्ष उमेर समूहका मानिसहरूको संख्या २३ करोड ८० लाख रहेका छन्। यो देशको १६.७ प्रतिशत जनसंख्या हो।