मुख्य खबर

लोकगायक लामिछानेको ६३ वर्षको उमेरमा निधन

भक्तपुर, १३ पुस-बिरामी भएर घरमै थला पर्नुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको...

मस्यौदा समिति गठन

काठमाडौँ, १३ पुस-राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ। सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल(पार्वती), पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर...

ए डिभिजन लिग: त्रिभुवन आर्मी क्लबले छैटौँ जित दर्ता गराएको छ

काठमाडौँ, १३ पुस-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज...

राष्ट्रियसभा बैठक:मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

काठमाडौँ, १३ पुस-राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गरे। उनले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय...

झापाको मेचीनगरमा आगलागी हुँदा २२ घर नष्ट

भद्रपुर, १३ पुस-झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजेबाट शुरु भएको आगलागी करीब एक...

बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १३ पुस-बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दल बहादुर विसङ्खेको मृत्यु...