-
मंगलबार मध्यान्ह साढे १२ बजेतिर मेलम्ची सुरूङमा ड्याम्म आवाज आयो।
मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका एक्कासि खुल्यो। ठूलो आवाज परैसम्म सुनियो।
एकैछिनमा सुरूङभित्रबाट पानीको भेल आयो। सुरूङभित्रबाट आएको भेलमा रातो हाइलक्स गाडी पनि बगाएर ल्याएको देखेपछि प्रत्यक्षदर्शीले सुरक्षा निकायलाई खबर गरे।
मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको ठाउँभन्दा करिब एक हजार मिटरको दूरीमा टनेल नम्बर १७ को ढोका फुटेर आएको भेलले इञ्जिनियर २७ वर्षीय सतिस गोइत र चालक ५६ वर्षीय राधाकृष्ण थापा बेपत्ता छन्।
घाइते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ।
‘सुरूङ परीक्षणका लागि सुरूङभित्र मेलम्चीको पानी तालिएको थियो। त्यही संकलित पानी टनेलको ढोका फुट्दा भेल आएको हो। भेलले गाडीसहित २ जनालाई बगाएर मेलम्चीमा पुर्याएको देखिन्छ।’
बेपत्ताहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ।
सुरूङभित्र पानी परीक्षणको अवस्था हेर्न गएका इञ्जिनियर सहितको टोली बेपत्ता भएका हुन्।
सुरूङ परीक्षणका लागि दश दिनदेखि मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको थियो। यसअघि असार २१ गते मेलम्चीमा मुहानदेखि आठ सय मिटरसम्म सुरूङमा पानी पठाएर सफल परीक्षण गरिएको थियो। १७ नम्बर टनेलबाट सुन्दरीजलसम्म पानी खसाल्न मेलम्चीको पानी सुरूङभित्र केही दिनदेखि जम्मा गरिएको थियो। सुरूङभित्र रहेका ४ जनामध्ये २ जना पुलसँगैको सुरूङबाट बाहिर निस्किँदा बाँचे। २ जना पुलमुनिको अर्को सुरूङबाट खोलामा बगेर बेपत्ता भएको अनुमान छ। पुलसहितको सुरूङबाट भित्र गएको गाडी पानीको भेलले पुलमुनिको अर्को सुरूङबाट बाहिर निस्कियो। यी दुई सुरुङ करिब ५० मिटर भित्र पुगेसी एकै ठाउँमा भेटिन्छन्।’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले टनेल फुटेर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं पठाएको बताए
News Desk 0 response बुधबार, असार ३१, २०७७
सम्बन्धित शीर्षकहरु
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
आइतवार, बैशाख ३०, २०८१-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१