• काठमाडौं । राजधानी काठमाडौंको उत्तरपुर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित रहेको छ । यस नगरपालिकामा टार, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको छ । यो नगरपालिका शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ ।

    यसै नगरपालिकामा रहेको वडा नं.८ मा पनि विविधता, मौलिकता, ऐतिहासिक धार्मिक स्थलहरुले सजिएको छ । जुन यस वडा नं. ८ को पहिचान हो ।अहिले वडाले खानेपानीको क्षेत्रमा काम गरेको छ । जसअन्तरगत वडाले माथिल्लो र तल्लो गरेर दूई भाग विभाजन गरेको छ । माथिल्लो भेगमा मेलम्चीको पानी वितरण गर्ने र तल्लो भेगमा सुन्दरी जलको पानी वितरण गर्ने गरी योजना बनाएको छ । भने वडाले अहिले पुराना ढुङ्गे धाराहरु पूननिर्माण र संरक्षण गरेर पुरानै मौलिकता दिने काम गरेको छ । जसले गर्दा अहिले ढुङ्गेधाराहरु संरक्षण र पून निर्माणले वडाको सुन्दरता बढाएको छ ।

    वडाले स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारबाट प्राप्त हुने विभिन्न प्रकारका रोगहरुको औषधीहरु लाई निशुल्क रुपमा वितरण गरिरहेको छ । वडाले बेसीगाँउ छहारी स्वास्थ्य शिविर चलाएको छ । जहाँ अहिले प्रत्येक दिन ७० देखि ८० जनाले
    सेवा लिइरहेका छन् ।

    वडाले महिलाहरु लाई अक्षित गरि विभिन्न खाले तालिमहरु दिदै आएको छ । महिलाहरु लाई सक्षम अनि सवल बनाउन वडाले सिपमुलक तालिमको व्यवस्थापन गरेको हो ।

    अहिले वडाले विकास निर्माणको कामलाई पनि तिव्रता दिएको छ । प्रत्येक टोलमा सफा र चिटिक्क बाटो घाटो बनाउने काम गरिरहेको छ ।