-
सेभियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–२ ले विजयी बन्यो ।
खेलमा दुई पटक पछि परेर पनि बार्सिलोना शानदार जित निकाल्न सफल भयो ।
२२ औँ मिनेटमा सेभियाका जेसस नाभासले गोलगर्दै घरेलु टोलीको उत्साह बढाएका थिए । त्यसपछि २६ औँ मिनेटमा मेस्सीले बराबरी गोल फर्काए ।
४२ औँ मिनेटमा सेभियाका ग्याब्रिएल मर्काडोले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई पछाडी पारे ।
दोस्रो हाफमा सशक्त देखिएको बार्सिलोनाले तीन गोल थपेको थियो ।
मेस्सीले ६७ औँ र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको यो ५० औँ ह्याट्रिक हो । उनले ला लिगाको जारी सिजनमा ब्यक्तिगत २५औँ गोल पनि पूरा गरे ।
सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका मेस्सीले खेल जीवनमा ६ सय ५० गोल गरिसकेका छन् । अर्को गोल लुइस स्वारेजले दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । स्वारेजले मेस्सीकै पासमा गोल गरेका थिए ।
जितसँगै बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«डभन्दा १० अंकले अगाडी छ । बार्सिलोनाले २५ खेलबाट ५७ अंक बनाएको छ । एक खेल कम खेलेको एट्लेटिकाकोे ४७ अंक छ ।
बार्सिलोनासँग पराजित सेभियाको ३७ अंक सहित पाँचौं स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल रियल म्याड्रि«डको ४५ अंक छ ।
शनिबार राति नै भएको अन्य खेलमा गेटाफेले रायोभालेकानोलाई २–१ र एथ्लेटिक बिल्बाओले इबरलाई १–० गोलले हरायो । सेल्टाभिगो डिर्पोटिभो अलाभेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
News Desk 0 response आइतवार, फाल्गुन १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
