-
एसियाली क्रिकेटअन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले तीन, सन्दीप जोराले २९, सोमपाल कामीले सात, गुल्शन झाले छ, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले पाँच रन बनाए । भारतका खेलाडीहरु रवी बिस्नोई र अभेष खानले समान तीन÷तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए । यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाए । नेपाली बलर दीपेन्द्रसिंह ऐरीले दुई, सन्दीप लामिछाने र सोमपाल कामीले समान एकएक विकेट लिएका थिए । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
News Desk 0 response मङ्लबार, अशोज १६, २०८०
सम्बन्धित शीर्षकहरु
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर नमुना वडा बन्दै
आइतवार, बैशाख २३, २०८१जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८११ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय निर्माण सम्पन्न
शनिबार, बैशाख १५, २०८१जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)
सोमवार, बैशाख ३, २०८१-
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१ -
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८०
-
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१ -
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१