-
लन्डन, ९ असोज –क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जितेको छ।
गोल डट कमका अनुसार ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेको थियो। साथै स्पेनी क्लब रियल म्याड्रिडले चारपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा विजयी हुँदा उनी क्लबका महत्वपूर्ण सदस्य रहेको थियो।
मोड्रिचले विश्वकपमा गोल्डेन बल (सुनौलो भकुन्डो) जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी घोषित भएको थियो।
लिभरपुल क्लबबाट खेल्ने इजिप्टका मोहमद सलाहले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड प्राप्त गरे। फ्रान्सलाई विश्वकप जिताउन टोलीको व्यवस्थापन गर्ने डिडियर डेस्चाम्पलाई वर्षका उत्कृष्ट कोच (प्रशिक्षक) को उपाधि प्रदान गरियो।साथै बेल्जियमका गोलरक्षक थिबट कोर्टोइसले फिफा गोलकिपरको उपाधि जिते।
News Desk 0 response मङ्लबार, अशोज ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
