• काठमाडौं,१५ भदौ-नारायणहिटी दरबार संग्राहालयमा राख्न लागिएको श्रीपेचको सुरक्षाका लागि मात्रै करिब २८ लाख खर्च गरिने भएको छ ।

    पर्यटन मन्त्रालय अन्र्तगतको पुरातत्व विभागले मागेको एक प्रस्ताव अनुसार श्रीपेचको सुरक्षा गर्न न्युनतम रकम कबोल भएको कम्पनी फाल्कन आइज एक्सपोर्ट इमपोर्टलाई दिइने भएको छ ।

    श्रीपेचको सुरक्षा गर्न माग गरिएको प्रस्तावमा सबैभन्दा कम मूल्य यही कम्पनीले कबोल गरेर छनोटमा परेको सूचना पुरातत्व विभागले सार्वजनिक गरेको छ ।

    नारायणहिटी दरबार खुला भएपछि श्रीपेच पनि राख्ने भनिएपनि यसको सुरक्षा कारण देखाउँन नराखेको संग्राहालयले जानकारी दिएको छ।