-
रतपुर, १३ मङ्सिर : मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ ।
चितवनको माडीमा आयोजित प्रशिक्षणमा ३० युवाको सहभागिता छ । तालिममा पाँच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गतका चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाको सहभागिता रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले वन र वन्यजन्तु संरक्षणका लागि युवालाई सूचना सङ्कलन, जनचेतना, वन्यजन्तुको आनिबानीलगायतका विषयमा प्रशिक्षित गरिएको बताउनुभयो । उहाँका अनुसार संरक्षणमा यसअघि प्रयोग भएका विधि र अबका दिनमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिइएको छ ।
तालिममा चितवन राष्ट्रिय निकुञ्जका चार समितिका २४ जना र पर्सा राष्ट्रिय निकुञ्जको एक समितिका छ जना सहभागी छन् । तालिम भोलीसम्म चल्नेछ । चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै झण्डै पाँच सय युवा सक्रिय छन् । सहभागीलाई सैद्धान्तिक कक्षासँगै प्रयोगात्मक प्रशिक्षण पनि प्रदान गरिएको भू–परिधी कार्यक्रम (ताल) का पूर्वी क्षेत्र संयोजक प्रेम पौडेलले जानकारी दिनुभयो । मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, मानिसको व्यवहार परिवर्तनका विषयमा पनि युवालाई जानकारी गराइएको छ ।
प्रशिक्षणमा सहभागी युवाले आफ्नो गाउँठाउँमा गएर त्यहाँका युवालाई प्रशिक्षण दिनेछन् । प्रभावित क्षेत्र, महिला समूह, सामुदायिक वन, युवालगायतका समाजमा रहेका हरेक नागरिकलाई प्रशिक्षण लिएका युवा आफूले सिकेको ज्ञान प्रदान गर्ने उहाँले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, डब्लुडब्लुएफ र तराई भूपरिधी कार्यक्रम (ताल) र नेपाली सेनाका प्रतिनिधिले प्रशिक्षण दिनुभएको छ छ । तराई भूपरिधी कार्यक्रम (ताल)ले चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा कार्यक्रमको आयोजना गरेको हो ।(रासस)
News Desk 0 response बुधबार, मंसिर १३, २०८०
सम्बन्धित शीर्षकहरु
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
आइतवार, बैशाख ३०, २०८१-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१ -
पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति
बिहिबार, बैशाख २७, २०८१