• सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै साझाले साउन १ देखि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। सरकारले तोकेका मापदण्ड पुरा गरेर साउन १ देखि उपत्यकाका ८ रुटमा २६ बस सञ्चालन हुने छ’ उनले भने। साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने उनले बताए। यात्रुहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न साझाले आग्रह गरेको छ।