• कमाउँदै पढ्दै
    के म आजको पाठ, बिद्यार्थिलाइ सिकाउन सफल भएँ ? जाच्छु है त । यो भनाइ सुर्खेत बराहाताल गाउँपालिका स्थित जनज्योति माध्यामिक बिद्यालयको कक्षा कोठाको भित्तामा उल्लेख गरिएको भनाइ हो । मैले यो भनाइलाइ यहाँ जस्ताको तस्तै उल्लेख गरेको छु । यस भनाइ प्रति मेरो ध्यान आकर्षित भयो । बिध्यार्थि पढ्दैनन, जति बुझाए पनि बुझ्दैनन, गोबर भरिएको दिमाग छ यिनीहरुको भन्ने गरेको सुनेको थिएँ । तर आफुले पढाएको बिषयमा बिध्यार्थिलाइ प्रश्न सोधेर आफ्नो जाँच गर्ने गरेको कमै देखेकाले होला मेरो ध्यानार्कषित भयो ।
    म कार्यलय बाट बाहिर आउँदा प्र.अ.नारायण प्रशाद सिग्देल सँग भेट भयो । यो बिध्यलाय त यहाँको नमुना बिध्यालय रहेछ । अरु बिध्यलाय भन्दा के कुरामा फरक छ सर भनेर मैले प्र.अ.नाराण सरलाइ सोधें । वहाँले भन्नु भयो “नमुना भन्छन हामीले अरुले भन्दा भिन्न गरेको काम भनेको, आफैं कमाउँदै पढौं भन्ने कार्यक्रम लागु गरेका हौं ।” कमाउँदै पढ्दै अवधारणाका बारेमा कुरा हुँदै थियो त्यहि बिचमा एक जना बिद्यार्थि हाम्रो छेउमा आएर ठिंग उभिएर सोधे “हाम्रो समुहको चल्ला कहिले सम्म आइपुग्छ सर ?” कक्षा ४ मा पढ्ने ति बिध्यार्थिलाइ सरले भन्नु भयो “पहिला टहरो सफा गर्नुस अनि मलाइ खवर गर्नु होस त्यस पछि पछि तुरुन्तै ल्याइ दिन्छौं ।” यति जवाफ पाउने बित्तिकै ति बिद्यार्थि भाइ त्यहाँबाट हिडें । सरले त्यसो भने पछि मैले बिध्यार्थि र सरका बिचमा भएको संबादका बारेमा थप चासो राखें । मेरो जिज्ञाशामा वहाँले कमाउदै पढ्दै भन्ने कार्यक्रमका बारेमा बिस्तृत ब्याख्या गर्नु भयो ।
    जनज्योति माध्यामिक बिध्यालयले ६९ सालमा महायज्ञ लगाएर करिब पाँच करोड रकम जम्मा गरेको थियो । त्यसबाट बिध्यालयले २० बिघा जति जमिन खरीद गर्यो । त्यो जमिनमा अहिले तरकारी तथा फफुल खेती, कुखुरा, बट्टाइ तथा बंगुर, माछा पालन, बाख्रा पालन, खाध्यान्न बाली र च्याउँ खेती गरीएको छ ।
    माछा पालन, बाख्रा पालन, जडिबुटी खेती र नर्सरी तथा खाध्यान्न बालिमा बिद्यालयले कामदारहरु मार्फत सिधै काम गरेको छ भने कुखुरा, बट्टाइ तथा च्याउँ खेती बिध्यार्थिहरुले समुहमा गर्छन । यस किसिमको खेतीका लागि चाहिने ऋण र काम गर्ने ठाउँ बिद्यालयले बिध्यार्थिहरुलाइ उपलव्ध गराउँछ । यहाँ प्राबिधिक बिषयमा पनि कक्षा सञ्चालन हुन्छ । यहाँका स्थानीय बिध्यार्थिको अलवा देशका बिभिन्न ठाउँहरु बाट आएका कृषि प्राबिधिक बिषयका बिध्यार्थिहरुले कृषि ब्यवसाय गरेर मनज्ञ कमाउँछन र पढ्छन । बिहान बेलुकाको एउटा समयमा आलोपालो बिद्यार्थिहरु कृषि कर्म गर्छन । यस बाट राष्ट्रिय उत्पादन बृद्दि हुनका साथै उनीहरुले आफ्ना लागि लाग्ने खर्च आफैं जुटाउँछन । कतिपय उत्पादन भने बिध्यालयको लगानीमा हुन्छ यस बाट भएको कमाइले बिद्यालय खाजा कार्यक्रम निजी स्रोतका शिक्षकको तलब लगायतमा लगानी गर्ने गरेको पाइयो । यस्ता उत्पादनमुखी कार्यक्रम अरु बिध्यालयमा सञ्चालन हुन सक्छ कि सक्दैन र के कसरी चलाउन सकिन्छ भन्ने कुराको बहसको थालनी गर्दा कसो होला ?
    बालकृष्ण देउजा सामाजिक अभियन्ता तथा राजनैतिक कार्यकर्ता ।