• हाम्रो अभियान ः एकिकृत कृषि प्रणाली
    नोपालमा महाभुकम्प गएको तीन बर्ष पुरा भयो । भुकम्प पछिका यि समयका बिचमा गाउँबस्तिको रुप फेरीयो । हिजोको जिवन शैलीमा ठुलो परिवर्तन आएको छ । गाउँहरु शहरमा रुपान्त्रण भएका छन । ढुँगा माटाले बनेका जस्ता र खर–परालले छाएका, काठको दलान भएका, रातामाटाले पोतेका घरहरु आज गाउँमा देख्न पाइदैन । कहिं कतै पुराना शैलीका घरहरु देखियो भने अनौठो मान्नु पर्ने भएको छ । हुन त २०७२ साल पछि बनेका यी बस्तिहरु पनि हामीले चाहे जस्तो बनेन । महाभुकम्प र यसले पारेको प्रभाव सेलाउन नपाउँदै अर्थात बैशाखको १६ गते नै एउटा भेलामा अबको निर्माण पुर्ननिर्माण कि नवनिर्माण भन्ने बिषय उठाएको थिएँ ।
    आज सम्म नेपालको बिकास हुन नसक्नुको मुल कारण भनेको हाम्रो परम्पारगत बसोवासको शैली पनि हो । हाम्रा घर बस्तिहरु छरीएका छन । एउटा डाँडामा एउटा सानो टोल अर्को डाँडामा अर्को टोल बस्ति छ । बस्तिहरु यसरी छरींदा बिकास पनि केन्द्रिकृत हुन सकेन । सवै गाउँ र टोलमा सवै बिकासको सेवा सुबिधा पुग्न सकेन । जे पुग्यो त्यो पनि सँधै अप्रयाप्त नै भयो ।
    भुकम्प पछि सवै निजी घर, सर्वजनिक भवन मठ मन्दिरहरु भत्किएकाले नयाँ ढँगले अवको निर्माणलाइ अगाढी बढाऔं । यसका लागि सवै भन्दा पहिला गाउँ बस्ति तहमा छलफल चलाऔं । घर घडेरीको बन्दोबस्त गरौं र एकिकृत बस्ति बसाउने कुरा गरौ । यसो गर्दा थोरै जमिनमा पनि धेरै घरहरु बनाउन सकिन्छ । यसरी एकिकृत रुपमा बस्ति बसाउँदा छोटो समयमा धेरै बिकास गर्न सम्भब हुन्छ, जमिनको व्यवस्थापन राम्रो हुन्छ, पुर्वाधार बिकास छिटो हुन्छ, कम लगानीमा राम्रो र सुरक्षित घर बनाउन सकिन्छ” भनेर आग्रह गरीयो । त्यति मात्र होइन अव बन्ने घरहरु सुरक्षित र व्यवस्थित बनाउने कुरामा समेत ध्यान दिन अनुरोध गरीयो । यो अभियान लिएर गाउँ टोलमा छलफल पनि चलाइयो । स्थानीय रेडियो र पत्रपत्रिकाको माध्याम बाट जागरण पैदा गर्ने कोशिष भयो । तर पनि हामीले चाहे जस्तो सवै बस्तिलाइ एकिकृत बस्तिमा रुपान्त्रण गर्न सकेनौं र टाढा टाढा सम्म हाम्रो पहँुच पुग्न पनि सकेन । यसको प्रभाब मेलम्ची र यसका आसपासमा निकै राम्रो पर्रयो, जसका कारण धेरै ठाउँमा एकिकृत बस्तिको निर्माण समेत हुन सक्यो ।
    जे जस्तो अवस्थामा भए पनि अधिकाशं घरहरुको निर्माण कार्य सम्पन्न भएको छ । तीन बर्ष पछि पुःन अस्थाइ टहराबाट पक्कि घरमा मानिसहरु फर्किएका छन । अहिले बनेका घरहरु सानो तिनो भुकम्प वाट निश्चय पनि भत्किने अवस्थामा छैन । बिगतको तुलनामा अहिलेको बस्ति निकै आकर्षक र ब्यबस्थित पनि छ । यी नयाँ र व्यवस्थित बस्ति सँगै अधिकाशं मानिसहरुलाइ ऋणको भारीले भने थिचेको छ । धेरै जसो ऋण भुकम्प पछि लागेको हो । यो ऋण तिर्न, आफ्ना छोरा छोरीलाइ राम्रो शिक्षा दिक्षा दिन, स्वस्थ जिवनयापनका लागि बिगतको भन्दा निकै आकर्षक र व्यवस्थित आर्थिक उपार्जनमा लाग्नु पर्ने हुन्छ ।
    उपार्जन कहाँ बाट कसरी हुन सक्छ ? नेपालीहरुको उत्पादनको एक मात्र मुख्य साधन कृषि भुमि हो । कृषि भुमि बँझ्याएर, पसुपालन गर्न छोडेर दिगो स्थाइ प्रकृतिको सम्बृद्दि आउन सक्दैन । अर्को महत्वपुर्ण उत्पादनको साधन भनेको पानी हो । पानी, वग्ने तरल पदार्थ हो बगि रहन्छ । यसालइ जमाएर बत्ति निकाले उर्जा आउँछ । जस्ले उज्यालो दिन्छ अनि उद्योग धन्दा कलकारखाना सञ्चालन गर्न सकिन्छ । यहि पानी हो कुलो बाँधेर खेत बारीमा लगाउन सके फलफुल, अन्न तरकारी फलाउन सकिन्छ । केहि नगर्ने हो भने हिजो पनि बगेर गयो अब पनि बग्छ जान्छ ।
    भुकप्प गयो घर गोठहरु भत्किए, पसुधनको क्षेती भयो । सिंचाइका कुलोहरु बिग्रिए घर वरीपरिका जग्गाहरु पुराना काठपात र ढुगामाटोले ओगटीयो । मानिसको ध्यान पनि पुरै निर्माणमा केन्द्रित भयो । अव त्यो अवस्था छैन, सवै घरहरु बनि सकेकाले आर्थिक उपार्जनमा लाग्नका लागि उपुर्युक्त बातावरण बनि सकेको छ । समयानुकुल काम हुन सकेन भने समयले कोहि कसैलाइ पर्खदैन । अव सवै मिलेर गाउँ गाउँमा कृषि तथा उद्योग चलाउनु पर्छ । अवको बाटो भनेको पहिलो कृषिको उत्पादन बृद्दि हो, दोश्रो कृषिको औद्योगिकरण र अन्तमा व्यापारीकरणमा जाने तयारीका साथ योजना बनाउनु पर्छ ।
    पुरानो उत्पादन प्रणालीमा परिवर्तन ल्याउनु अनिबार्य छ । परम्परागत उत्पादन प्रणालीले हाम्रो निर्बाह चल्न सक्छ तर यस्तो पद्दतिबाट उत्पादनलाइ व्यवसायीक र बैज्ञानिक बनाउन सकिंदैन । यस्तो निर्बाहमुखि कृषि बाट हाम्रो जिवनयापनमा परिवर्तन आउन सक्दैन । अवको उत्पादन प्रणालीलाइ केन्द्रिकृत गर्नु पर्छ । उत्पादनमा बिशिष्टता हाँसील गर्न सवैले आ–आफ्नो अनुकुलतामा कृषि बिषय बस्तुको छनौट गर्ने र त्यस बिषयमा बिशिष्टता हासील गर्ने गरी लाग्नु पर्छ । बिषय अनुकुल किसानहरुको संगठनको निर्माण गर्नु पर्छ । आज भन्दा अघि पनि यस्ता बिषयगत समुहहरु बनेका छन र कृषि तथा पसु कार्यलयमा दर्ता पनि भएका छन । तर ति समुहहरु प्रभाबकारी हुन सकेन । बिषयगत ति कृषक समुहहहरु अपेक्षाकृत किन प्रभाबकारी हुन सकेनन यस बाट सिकेर नयाँ ढँँगको संगठन र नयाँ उत्पादन प्रणालीमा जानु उपुर्युक्त हुन्छ ।
    नयाँ उत्पादन संगठन र नयाँ उत्पादन प्रणालीका बारेमा अव गाउँ गाउँमा हिजोको एकिकृत बस्तिको बहस जस्तै गरी सञ्चालनमा ल्याउनु पर्छ । अवको उत्पादन पद्दति र संगठनात्मक ढाँचाका बारेमा निती निर्माण गर्नु पर्छ र सो अनुसारको श्रोतको बितरण गर्नु पर्छ । एउटै मानिस जति वटा समुहमा पनि बस्ने र जता वाट पनि श्रोत साधन प्राप्त गर्ने कुराले कृषिमा बिशिष्टीकरण हुन सकेन । जो जहाँ जुन समुहमा छ उसलाइ सोहि बिषयमा आर्थिक सहयोग उपलव्ध गराउने, अध्ययन भ्रमण तालिम सोहि बिषयमा मात्र दिलाउनु पर्छ । पसुपालक कृषक समुहलाइ हाते ट्रयाक्टर दिने, तरकारी उत्पादक समुहलाइ उन्नत घाँसको बिउ र दुध बोक्ने क्यानमा सहयोग उपलव्ध गराएर उत्पादनमा व्यवसायीकरण हुन सक्दैन ।
    यसका लागि पालिका आफैंले यस्ता समुहहरुको निर्माण र दर्ता गर्नु पर्छ । एउटा मानिस एउटा मात्र समुहमा बस्ने र उसले त्यो बिषयमा मात्र सुबिधा प्राप्त गर्ने निती अब स्थानीय सरकारले लिनु पर्छ । स्थानीय सरकारलाइ यसकार्यमा सहयोग गर्ने कामको प्रारम्भ हामीले मेलम्ची नगरपालिका वडा नं १० सिखरपुर बाट गरेका छौ । यहाँ २५ जना पसुपालक किसानहरुको एउटा समुहको निर्माण भएको छ । त्यस्तै गरी तरकारी, कुखुरा, खाध्यवाली, कफिको वडा स्तरका समितिहरु बनेका छन । वडा तहको प्रतिनिधित्व गरेर बनेका यी समुहहरुलाइ सवैले सहयोग गर्नु पर्छ । जुन बिषगत संघमा जो संगठित छ, उसले त्यस बिषयको उत्पादनमा मात्र सहयोग पाउने अवस्था वडाले मिलाउनु पर्छ । मिनिकिटका पोका बाँडरे प्रतिबेदन बनाउने संस्थाहरुलाइ वडाले छाडा छोड्नु हुँदैन । वडाको रेकर्ड अनुसार मात्र सेवा सुबिधा प्रदान गर्नु पर्छ । यसो गर्ने हो भने स्वभाबिक रुपमा हाम्रोे उत्पादन प्रणाली एकिकृत, व्यवस्थित र व्यवसायिक बन्दै जान थाल्छन ।

                                                                                       लेखक ः बालकृष्ण देउजा 
                                                        सामाजिक बिकास बिदः
45