-
काठमाडौँ । फुटको सँघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले अस्थायी युद्धबिरामको अवस्थामा छ ।
पार्टी फुट्छ या जुट्छ यसै भन्न सक्ने अवस्था छैन’ सबैजसो नेताहरुकोे पेटबोली यस्तै हुन्छ । आन्तरिक किचलो नमिलेकै कारण आगामी साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक रोके पनि यो बीचमा द्वन्द्वरत पक्ष अर्थात् अध्यक्षद्वय ओली र प्रचण्डबीच सघन वार्ता हुन सकेको छैन ।
यसअघि असार तेस्रो साताबाट पटक पटक ओली प्रचण्डबीच भएका ‘वान टु वान’ वार्ताले सहमतिको विन्दुमा पहिल्याउन नसकेपछि असार २६ गतेका लागि बोलाइएको स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको हो ।
बैठक स्थगित गरेको भोलिपल्ट नै प्रचण्ड ओलीसँग संवाद गर्न छोडेर गृहनगर चितवन पुगे ।पार्टीभित्र उत्तरचढाव आएका बेला कहिले सुकुटे त कहिले चितवन जाने र त्यहाँ पुगेर केही न केही नयाँ कुरा भन्ने गरेका प्रचण्डले यसपटक पनि नेकपा नेता कार्यकर्ताका लागि केही आशलाग्दो अभिव्यक्ति भने दिएका छन् ।
प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि सोमबार बिहान नेकपाका महासचिव विष्णु पौडेललाई रातोपाटीले सोध्यो– ‘के नेकपा विवाद मिलेको हो ?’ महासचिव पौडेलको जवाफ थियो– ‘मिल्छ मिल्छ, नमिलेर सुखै छैन ।’
कसरी ? भन्ने प्रश्नमा भने पौडेल खुल्न चाहेनन् । बरु उनले अहिले पार्टी विवादबारे कुनै कुरा नगर्ने बताएर पन्छिए ।‘पछि नै कुरा गरौँला । अहिले बोल्नु उपयुक्त नहोला’, पौडेलको जवाफ थियो ।
पौडेल प्रधानमन्त्री ओली निकट मनिन्छन् । उनी लगायतका केही नेताहरु दुई अध्यक्ष ओली र प्रचण्डलाई मिलाउने प्रयासमा पनि लागिरहेका छन् ।
कहिले ओलीको सन्देश अध्यक्ष प्रचण्डलाई त कहिले माधवकुमार नेपालकोमा पुर्याउने पौडेल नेताहरु अडाबाट तलमाथि भए सहमतिको विन्दु भेटाउन कुनै गाह्रो नभएको बताउँछन् ।
चितवनमा के भनेका थिए प्रचण्डले ?
News Desk 0 response सोमवार, असार २९, २०७७
‘केही तत्त्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन् तर हामी सधैँ एक छौँ । एकतालाई जोगाउन सतर्कतापूर्वक सङ्घर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ, शनिबार चितवनका नेकपाका कार्यकर्ता साक्षी राखेर प्रचण्डले भनेका थिए, ‘प्रधानमन्त्री ओली र म पार्टीभित्र स्वच्छ प्रतिस्पर्धामा छौँ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’ प्रचण्डले कुन तत्त्व उचाल्न सक्रिय छन् भन्ने चाहिँ खुलाएनन् । सायद प्रचण्डको भनाइ कुनै विदेशी शक्तिकेन्द्रप्रति लक्षित थियो । प्रचण्डले त्यति मात्रै भनेन्, उनले एकतालाई जोगाउन सतर्कतापूर्वक सङ्घर्ष गरिरहेको पनि बताएका छन् । तर कस्तो सङ्घर्ष भन्ने पनि प्रचण्डले खुलाएका छैनन् ।
प्रचण्डको भनाइ कसरी अयो त ? शीर्ष तहकै नेताहरु यसबारेमा अन्योल छन् ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
