-
सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ।
छुट्टै सन्दर्भ सामग्री (किताब) तयार गरेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमालगायत विषयमा पठनपाठन गर्न लागिएको हो।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी र शिक्षकका लागि सन्दर्भ सामग्री तयार पारिसकिएको जानकारी दिए।
किताब विद्यालयको पुस्तकालयमा रहन्छ। नेपालको भूगोल र सीमाबारे जानकारी लिन परे आधिकारिकताका लागि यो किताब कक्षामा प्रयोग गर्न सकिने उनले बताए।
‘विद्यार्थी र शिक्षकलाई ज्ञान दिनका लागि यो किताब तयार पारिएको हो। विद्यार्थीलाई यसको बेग्लै परीक्षा हुँदैन। सीमा र भूगोलबारे पढ्दा ज्ञानको दायरा फराकिलो हुन्छ,’ उनले भने।
लिम्पियाधुरा समेटिएको नयाँ नक्सा आएपछि नक्सालगायत सीमाबारे पनि जानकारी दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि सन्दर्भ सामग्री तयार पारिएको उनले जानकारी दिए।
पछिल्लो समय नेपाल र भारतबीच लिम्पियाधुरा क्षेत्रबारे सीमा विवाद चुलिएको छ। भारतले गत वर्ष जारी भएको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभाग देखाएको थियो। उक्त क्षेत्र नेपाली भूमि भएको भन्दै नेपालले जेठमा नयाँ नक्सा जारी गरेको थियो।
‘सीमामा विवाद छन्। नक्सा बनाउन सिकाउने र भौगोलिक अवस्था कहाँ कस्तो छ भन्नेबारे उक्त किताबमा व्याख्या गरिएको छ,’ उनले भने।
सन्दर्भ सामग्री तयार गर्न छ महिना लागेको उनले बताए। ‘सीमाविद, भूगोल र नापी विभागलगायतको सहभागितामा बनेको हो,’ उनले भने।
सीमा कसरी निर्धारण, सीमामा किन विवाद आउने रहेछन्, सीमा सुरक्षालगायतका विषयमा विद्यार्थीले यो सन्दर्भ सामग्री पढेपछि आधिकारिक रूपमा ज्ञान पाउने पनि उनले बताए।
News Desk 0 response बिहिबार, साउन १५, २०७७
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
