-
नर्थसाउन्ड, एन्टिगा, ७ मङ्सिर-वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् ।
पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाई ११२ रन मात्र बनाएको थियो ।
जवाफमा इङ्ल्यान्डले १७.१ ओभरमा दुई विकेट गुमाई निर्धारित लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डका लागि एमी जोन्सले अविजित ५३ र नाताली सिभरले अविजित ५२ रन बनाएका थिए ।
यस्तै, दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्नु परेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
जवाफमा वेस्ट इन्डिजको टोली १७।३ ओभरमा ७१ रनमै समेटिएको थियो ।अब फाइनल खेल आगामी आइतबार हुनेछ ।
बंगलादेश–वेस्ट इन्डिज टेस्ट क्रिकेट
बंगलादेशमा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा बंगलादेशको टोली पहिलो इनिङमा ३२४ रनमा समेटिएको छ ।बिहीबार ८ विकेटको क्षतिमा ३१५ रन बनाएको बंगलादेशले दोस्रो दिन ४.४ ओभरमा बाँकी २ विकेट गुमाएको थियो । वेस्ट इन्डिजका जोमेल वार्रीकानले दुवै विकेट लिएका थिए ।
श्रीलंका–इङ्ल्यान्ड टेस्ट
कोलम्बो – श्रीलंका र इङ्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट प्रतियोगिता कोलम्बोमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान जो रुटले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।यसअघिका दुवै टेस्ट इङ्ल्यान्डले जितिसकेको छ । तेस्रो टेस्टमा इङ्ल्यान्डका तर्फबाट जेम्स एन्डरसनको स्थानमा स्टुआर्ट ब्रोड र साम कुरानको स्थानमा जोन्नी बेयरस्टले खेल्ने छन् ।
News Desk 0 response शुक्रबार, मंसिर ७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
