• काठमाडौँ, ५ भदौ – एशियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन्।कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेण्डमा पूरा गरे। यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ। उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ।

    आजको खेलमा शिरिषले नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाउन सकेनने। आगामी बिहीबार शिरीषले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ। त्यसैगरी बुधबार गौरिका सिंहले २०० मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन्।