-
सुर्खेत, ३ भदौ-सुर्खेतमा एक वर्षमा १२ हजार ४३५ जनाले नागरिकता लिएका छन् ।आव २०७४\०७५ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ हजार ४३५ जना नागरिकलाई नागरिकता प्रदान गरेको हो।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी नयाँ नागरिकता लिनेको सङ्ख्या रहेको छ। जिल्ला प्रशासनबाट बंशजका आधारमा सात हजार ७४७, प्रतिलिपि नागरिकता चार हजार ६८२ र वैवाहिक अङ्गीकृत नागरिकता छ जनाले लिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए।
एक वर्षमा चार हजार राहदानीयसैगरी यस जिल्लाबाट सिफारिश भएर राहदानी लिने एक हजार ८६२ र द्रुत सेवाबाट राहदानी लिने सिफारिश भएका दुई हजार ७७ जना रहेको सूचना अधिकारी लामिछानेले बताए।
कार्यालयले आव २०७४\०७५ मा चार हजार १२३ विभिन्न सिफारिश गरेको उनको भनाइ छ ।एक करोड एक लाख राजश्व सङ्कलन
गएको आव २०७४\७५ मा रु एक करोड एक लाख ११ हजार ९७७ राजश्व सङ्कलन भएको जनाएको छ ।
राहदानी शुल्क, दण्ड जरिवाना, अवैध हातहतियार खरखजाना, संस्था दर्ता तथा नवीकरण लगायतको कार्यबाट रु एक करोड बढी राजश्व सङ्कलन भएको सूचना अधिकारी लामिछानेले बताए।
नौ करोड राहत वितरण
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आव २०७४\७५ मा रु नौ करोड राहत वितरण गरेको छ । विभिन्न समयमा विभिन्न राहतबापत कार्यालयले रु आठ करोड ८९ लाख १४ हजार ५९४ को राहत वितरण गरेको हो ।
कार्यालयले वैदेशिक रोजगार क्षतिपूर्तिबापत रु ६० लाख ७० हजार ८९४, दैवीप्रकोप राहत रु १७ लाख चार हजार ५००, सवारी दुर्घटनाबाट पीडितलाई राहत रु २० लाख ७५ हजार राहत वितरण गरेको छ ।
त्यस्तै द्वन्द्वपीडितलाई रु सात करोड ९० लाख ६४ हजार वितरण गरिएको छ । जसमध्ये मृतकका हकदारलाई रु एक करोड ९१ लाख ५० हजार, बेपत्ताका हकदारलाई रु ३५ लाख, टुहुरालाई राहत रु सात लाख ३३ हजार ३००, अपाङ्गलाई रु ११ लाख ९० हजार ४०० र विस्थापितलाई रु पाँच करोड ४४ लाख ९० हजार ५०० राहत वितरण गरिएको छ।
News Desk 0 response आइतवार, भदौ ३, २०७५
सम्बन्धित शीर्षकहरु
भौतिक संरचना निर्माणलाइ गुणस्तरीय बनाउने बारे राजधानीमा अन्तराष्ट्रिय सम्मेलन
सोमवार, जेष्ठ २१, २०८१-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
