-
काठमाडौं,१ भदौ-सिरी एमा कहिले पनि वान म्यान शो चल्दैन र यो क्रिस्टियानो रोनाल्डोका बारेमा मात्रै पनि होइन । यद्यपि, युभेन्टसमा उनको आगमनसँगै एक बल पनि नहिर्काइएको अवस्थामा एक किसिमको तरंग आइसकेको छ ।
पाँच पटक बालोन डि’ओर जितेका ३३ वर्षीय रोनाल्डो बितेको दशकका दुई उत्कृष्टमध्ये एक खेलाडी हुन् । उनी विश्वकै लोकप्रियमध्येमा पर्छन् । सामाजिक सञ्जालका प्लेटफर्ममा उनका ३१ करोड ३० लाखभन्दा बढी फलोअर्स छन् । र, यस्तो लाग्छ कि उनले आफ्नो ध्यान सिरी एतर्फ मोडिसकेका छन् ।‘अन्ततः विश्वले इटालियन लिगको विषयमा पनि चर्चा गर्न थालेको छ’ ला गाज्जेट्टा डेल्लो स्पोर्टमा फाबियो क्यापेल्लोले भने, ‘८० र ९० को दशकमा हामी उच्च तहमा खेलिरहेका थियौं । त्यसपछि हामीले आफ्नो बाटो भुल्यौं र पूर्वाधारमा लगानी गर्न असमर्थ भयौं ।’
उनले रोनाल्डोको आगमनसँगै आफूहरुको आत्मविश्वास बढेको बताए । तर, यति मात्रै पर्याप्त नहुने उनको भनाइ छ ।
‘रोनाल्डोबाट बढीभन्दा बढी फाइदा लिनको लागि हामी सबैले आफ्नो क्षमता बढाउनुपर्छ ।’
रोनाल्डो ९९.२ मिलियन पाउन्डको सम्झौता गर्दै युभेन्टसमा आएका हुन्, जसबाट उनलाई वार्षिक २७.७ मिलियन पाउन्ड आम्दानी हुन्छ ।
‘सन् २००३ मा हामी उत्कृष्ट फर्ममा थियौं । च्याम्पियन्स लिगको फाइनलमा हाम्रा दुई टिम पुगेका थिए,’ जुभेन्टसका पूर्व म्यानेजर क्लउडिओ रायिनरीले भने, ‘ती दिनहरुमा फर्किन हामीलाई निकै मिहिनेत चाहिन्छ ।’
यता, रोनाल्डो युभेन्टसमा आएलगत्तै सिरी ए बाट उनले फाइदा लिन सक्लान्, नसक्लान् भन्ने विषयमा बहस पनि भइरहेको छ ।
News Desk 0 response शुक्रबार, भदौ १, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
