-
काठमाडौं,साउन ३१- नेपाली राष्ट्रिय फुटबल टिमले एसियाड फुटबलअन्तर्गत दोस्रो खेलमा बिहीबार (आज) भियतनामविरुद्ध प्रतिस्पर्धा गर्दै छ।
पहिलो खेलमा सनसनीपूर्ण प्रदर्शन गरेको नेपालले अघिल्लो चरणमा आस कायमै राख्न पनि भियतनामलाई पराजित गर्नुपर्ने चुनौती रहेको छ। नेपाल र भियतनामबीचको खेल पौने ७ बजे विबवा मुक्ती स्टेडियममा हुने सुरु हुनेछ। यद्धपि नेपाललाई जारी एसियाडमा अघिल्लो चरणभन्दा पनि निरन्तर गोल हुन नसकिरहेको पुरानो विरासतलाई तोड्नुपर्ने चुनौती रहेको छ। नेपाल पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको थियो।
भियतनाम भने पाकिस्तानलाई ३-० ले हराउँदै जापान समान ३ अंक भए पनि गोलअन्तरमा शिर्ष स्थानमा रहेको छ। नेपाली फुटबल टिम एसियाडमा सधैँ कमजोर रहँदै आएको छ। अहिलेसम्म नेपालले एक गोल मात्र गर्न सफल भएको छ।
सन् १९८२ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको एसियाडमा नेपालका वाइबी घलेले कुवेतविरुद्ध एक मात्र गोल गरेका छन्। पहिलो सहभागितामै गोल गरे पनि नेपाल कमजोर रहँदै आएको छ।
नेपाल अहिलेसम्म एसियाड फुटबलमा जित निकाल्न सकेको छैन। नेपालले समूहचरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ।
News Desk 0 response बिहिबार, साउन ३१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
