-
काठमाडौं,९ साउन-काजु एकदमै पोसिलो फल हो। यो हाम्रो शरीरको लागि अति नै लाभदायी छ। काजु केही महंगो पर्छ तर यसको फाइदा झन मुल्यवान छ। काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ।
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ। त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ। काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ। काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ। यसले दिमाग तेजिलो बनाउँछ।
काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन। युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन। तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन्।
काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ। त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ। हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ।
काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ। यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन्।
काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ। काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन्। यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन्।
काजुमा पाईने पोषक तत्वले क्यान्सर लाग्नबाट समेत बचाउँछ। काजुको सेवनले दाँत सफा गर्छ, मुख गनाउन दिँदैन, यसको सेवनले दाँतको केमिकल बचाउँछ। दाँत मजबुत बनाउँछ। काजुको नियमित सेवनले त्वचा सुन्दर बनाउँछ।
News Desk 0 response बिहिबार, साउन १०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
