-
काठमाडौँ, १ साउन- सरकारले आज देखि गर्भवती जाँच र सुत्केरी सेवाका लागि दिइदै आएको यातायात खर्च दोब्बर बनाएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले सोमबार (हिजो) प्रकाशित गरेको सूचनामा आज देखि लागू हुने गरी यसअघि उपलव्ध गराइदै आएको गर्भवती जाँच र सुत्केरी यातायात खर्चमा सत प्रतिशतले बृद्धि भएको जनाएको छ ।
News Desk 0 response बिहिबार, साउन १०, २०७५नयाँ व्यवस्था अनुसार अब हिमाली क्षेत्रका महिलाले सुत्केरी हुँदा पाउने यातायात खर्च ३ हजार पुगेको छ । यसअघि हिमाली क्षेत्रका महिलाले सुत्केरी हुँदा यातायात खर्च १ हजार ५ सय मात्रै पाउने गर्दथे ।
यस्तै पहाडी क्षेत्रकाले २ हजार र तराई क्षेत्रका सुत्केरीले १ हजारका दरले यातायात खर्च पाउनेछन् । यसअघि पहाडमा सुत्केरीलाई एक हजार र तराईमा ५ सय मात्रै यातायात खर्च दिने गरिन्थ्यो ।
यस्तै स्वास्थ्य संस्थामा चार पटक गर्भ परीक्षण गराए वापत पाउने भत्तामा पनि सतप्रतिशत बृद्धि गरेको जनाएको छ । पहिले चार पटक परीक्षण गराएवापत ४ सय रुपैयाँ थियो । अब सो रकम ८ सय पुगेको छ ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
