-
काठमाडौं,३० असार-चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकी छन्।
News Desk 0 response मङ्लबार, साउन ८, २०७५भारतीय चर्चित मोडल पाण्डे विश्वकप फुटबलको फाईनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकी हुन्। आईतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लवमा उनले आफ्नो फ्यानहरुसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको छ।
क्रोएसियाले जित हासिल गर्ने दावी गरेकी मोडल पाण्डेले शनिबार संचारकर्मीमाझ आफूसँगै रहेर विश्वकप फुटबल हेर्न आउन नेपाली फ्यानहरुलाई आग्रह गरिन्।
मोडल पाण्डेले आफु नेपालमा पहिलो पटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताएकी छन् । उनले भनिन, ‘मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिए, बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्नु भएको थियो, नेपालका बारेमा आमाले धेरै कुराहरु गर्नुहुन्थ्यो, म पनि यहाँ आउनको लागि आतुर थिए, सौभाग्यवस विश्वकप फुटबलले त्यो अवसरमा जुरायो, म बहुत खुसी छु।’
उनले अघि थपिन,‘नेपाल सुन्दर देश हो, यहाँको प्रकृतिसँग म नजिक हुन चाहन्छु, बौद्ध, स्वयम्भु, पशुपतिमा घुम्ने मेरो योजना रहेको छ।’ उनले अघि थपिन ‘कुनै समयमा एउटा झोला भिरेर नेपालमा उकाली ओरालीहरुमा घुम्ने चाहना छ, त्यो पनि पूरा हुनेछ, यति धेरै सुन्दर देशमा घुम्न पाउनु एकदम खुसीको कुरा हो।’
मोडल पाण्डेले सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गै हुन्छु भनेर चर्चा कमाएकी थिइन्।
सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्नु भएको थियो, यसपालिको विश्वकप फुटबलमा क्रोएिशयाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन, ‘त्यो पुरानो प्रसँग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोएिशयाले जितोस् भन्ने छ, क्रोएिशयाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि आइबार राति डेजाभुमा आउनु होला, थाहा पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु भने पक्कै पनि केही त होला
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
