ब्रेकिंग न्युज

गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण , ३ प्रहरी घाइते

वीरगञ्ज, ३ पुस –पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार लगेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् । प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो...

पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन

काठमाडौं,३ पुस -पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । पूर्व प्रधानमन्त्री गिरीको ९३ वर्षको उमेरमा आफ्नो निवासमै मंगलबार बिहान निधन भएको हो । कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’...

विप्लव र सिकेका चार सय बढी कार्यकर्ता पक्राउ

काठमाडौं,२७ मंसिर –मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ । राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्दा...

प्रधानमन्त्री ओली अचानक अस्पताल भर्ना

काठमाडौं, २५ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आकस्मिक समस्या आएपछि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

भारतको बिधानसभा निर्वाचन मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

काठमाडौं,२५ मंसिर-  भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै...

इटहरीको डोरम्याट उद्याेगमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर-सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ। बिहान ४...