• धादिङ, १३ भदौ– त्रिशूली नदीमा मगंलबार राति बस खस्दा एक जनाको मृत्यु भएको छ। एक बेपत्ता भएका छन्।

    काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ। सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन्।

    भुजेलको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बर बहादुर विकले जानकारी दिए। घाइते तीन जनालाई उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ।