-
काठमाडौं-मलेसियामा सुरु भएको एसिया कप छनोट क्रिकेटमा अहिले नेपालले ओमानसंग खेलिरहेको छ । नेपाल छानिएर भारत र पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्यसहित मैदानमा उत्रिएको हो ।
क्वालालम्पुरमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ओपनिङ गरेका छन् ।
नेपाली टिममा कप्तान पारस खड्का, सागर पुन, प्रदीप सिंह ऐरी, आरिफ शेख, रोहित कुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।
पछिल्ला चार भिडन्तमा नेपालले २ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । अन्तिम २ खेल भने ओमानले जितेको थियो ।
पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो ।
श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, ओमान, हङकङ, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।
प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । विजेता टोलीले सेप्टेम्बर १५ बाट युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले लिग चरणमा बिहिबार युएईविरुद्ध, शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।
News Desk 0 response बुधबार, भदौ १३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
