-
काठमाडौं,१२ भदौ-बिमस्टेक सम्मेलनका लागि भीभीआईपीको आगमनलाई ध्यानमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थलमा प्रवेशमा समेत कडाई गरिएको छ।
विमानस्थल प्रशासनले विमानस्थलमा हवाईयात्रुबाहेकलाई प्रवेशमा रोक लगाएको छ। विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगी लैजान रोक लगाइएको जनाएका छन्। त्यस्तै विरामी तथा अशक्तको हकमा एक जना सहयोगीबाहेक अरुलाई प्रवेश रोक लगाइएको छ।
रिङरोडबाट विमानस्थलको प्रवेश मुलद्वारा (गोल्डेन गेट) चेकिङबाट यात्रुवाहेक अरुलाई फर्काइने छ।अशक्त तथा विरामीलाई लिएर विमानस्थल प्रवेश गरेका सहयोगी यात्रु डिपार्चरतर्फ प्रवेश गरेको १५ मिनेटभित्र विमानस्थलबाट बाहिरिसक्नु पर्नेछ। विमानस्थलमा भाडाका ट्याक्सीलाईसमेत प्रवेशमा रोक लगाइएको छ।
विमानस्थल पास भएका तथा यात्रु लिइ गएका सवारी साधनलाई मात्र विमानस्थल प्रवेशको अनुमति दिइने छ। यात्रु लिइ विमानस्थल भित्र प्रवेश गर्ने सवारी साधनलाई विमानस्थलमा भित्र रोक्न निषेध गरिएको छ।
विमानस्थलभित्र यात्र र समान ओरालेसँगै पार्किङ स्थलमा प्रवेश नगरी विमानस्थलबाट बाहिरिन विमानस्थलले अनुरोध गरेको छ।
News Desk 0 response मङ्लबार, भदौ १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
