• काठमाडौं,१२ भदौ-बलात्कारीलाई फाँसी दिनुपर्ने मागसहित प्रदर्शन भईरहेका बेला मोरङ्गमा ७० बर्षीया वृद्ध महिला र १३ वर्षिया बालिका बलात्कृत भएकी छिन्।

    मोरङ्ग बेलबारी ५ घर भई छोरीको घर रंगेली नगरपालीका वार्ड नं २ जलियाटोल पाहुना आएकी वृद्धा महिलालाई स्थानिय ६० वर्षिय सुन्दरलाल झागडले घरेलु मदिरा सेवन गराई बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए ।

    झागडले ती वृद्धालाई पाहुना आएकै छोरीको घरको भान्सा कोठामा रक्सीले मताएर बिहान ९ बजे र दिउँसो ३ बजे करणी गरेको पीडित वृद्धा महिलाले प्रहरी कार्यालयको उजुरीमा भनेकी छिन् । प्रहरीले झागडलाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।

    त्यसैगरी मोरङ्ग धनपाल गाउँपालिकामा एक १३ वर्षिया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका ४ बस्ने १९ वर्षिय ‘भालु’ भन्ने महेश चौधरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

    चौधरीले ती बालिकालाई स्थानिय बोडिङ्ग स्कुल छेऊ एकान्त ठाउँमा ललाई फकाई लगी जवरजस्ती गरेको प्रहरी निरीक्षक कार्कीले बताए । प्रहरीले चौधरीलाई समेत नियन्त्रणमा लिईको जनाएको छ।