• महोत्तरी, ११ भदौ-महोत्तरीमा आठ महिने बालिका अपरहणमा परेकी छन्।जिल्लाको औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी आइतबार साँझ अपहरणमा परेकी हुन् ।

    महोत्तरीकै सीतापुर भंगाहा–६, जमुनियाँका भरत साहले ती बालिका लिएर हिँडेको र अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    ती व्यक्ति औरही बजारमा आइरहने र चिनेजानेकै भएकाले आइतबार साँझ ६ः३० बजे ती बालिकालाई खेलाउने क्रममा घरबाटै लिएर हिँडेका थिए । बालिकाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।