-
काठमाडौं,११ भदौ –बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका अति विशिष्ट व्यक्तिहरूको सवारी व्यवस्थित बनाउन भन्दै ट्राफिक प्रहरीले सोमबार बिहान सडकमा डेमो गरेको छ। सवारी रिहर्सलका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि ताहाचलस्थित होटल सोल्टीसम्मको सडक खाली गरिएको थियो।
सोमबार बिहान ७ बजेदेखि पौने ८ सम्म सडकमा गुड्ने सार्वजनिक तथा निजी सवारीसाधन ठप्प पारेर प्रहरीले विमानस्थलदेखि पाँच चरणमा सवारी रिहर्सल गरेको हो। सडकमा खटिएका ट्राफिक प्रहरीले ७ लट सवारी हुने भने पनि पाँच लटमात्र सडकमा देखिएको थियो।
महानगरी ट्राफिक प्रहरी कार्यालयको हेल्पलाइन १०३ का अनुसार भीभीआइपीहरूको सवारी सुरक्षित र व्यवस्थित बनाउन स्कर्टिङ डेमो प्रदर्शन गरिएको हो।
नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेको अन्तर्राष्ट्रिय संस्था बिमस्टेकको आयोजना अध्यक्ष राष्ट्रका हैसियतमा यसपटक नेपालले गरेको हो। १४ र १५ गते दुई दिन हुने सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्राध्यक्षहरू मंगलबारदेखि काठमाडौं आउँदैछन्।
News Desk 0 response सोमवार, भदौ ११, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
