-
काठमाडौँ, १० भदौ– नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व.मङ्गलादेवी सिंहको २२ औँ स्मृति दिवसमा उनले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेका योगदानको स्मरण गरिएको छ।नेपाल महिला सङ्घ काठमाडौँ शाखाको आयोजनामा आज बिहान मङ्गलादेवीको शालिक रहेको स्थान शोभा भगवतीमा एक कार्यक्रमको आयोजना गरी उनको शालिकमा माल्यापर्ण गर्दै श्रद्धान्जलि अर्पण गरियो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि सधै आवाज उठाउने नेतृ मङ्गलादेवीले एकतन्त्रीय राणा शासन फाल्ने देखि प्रजातान्त्रिक आन्दोलनमासमेत महत्वपूर्ण योगदान गरेको चर्चा गरे।
नेता सिंहले संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै अधिकार सुनिश्चित गर्नका लागि महिलाहरु लड्नुपर्ने बेला आएको बताए।नेता सिंहले दुईतिहाईको सरकारले जनताको समस्या समाधान गर्न नसकेको आरोप लगाए।
नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हक अधिकारका लागिमात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो भूमिका रहेको बताए।नेपाल महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले महिला सङ्घ मङ्गलादेवी सिंहले देखाएको बाटोमा हिँड्नुपर्ने विचार व्यक्त गरिन्।
महिलाका हक, अधिकारलाई सुरक्षित बनाउनका लागि वि.सं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिलाहरु भेला भई महिला सङ्घको स्थापना गरिएको थियो।
News Desk 0 response आइतवार, भदौ १०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
