-
काठमाडौं,भदौ ८-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) मुलुकका राष्ट्र/सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्सटेकका लागि पाहुना आमन्त्रण र उनीहरूको बसोबासको व्यवस्थाको काम टुंगिएको जानकारी दिए। मन्त्री ज्ञवालीले सम्मेलनका लागि घोषणापत्र, दस्तावेज र छलफलका वियमा पनि टुंगो लागिसकेको बताए। मन्त्री ज्ञवालीका अनुसार २८ अगस्टमा म्यानमारका कार्यकारी प्रमुख नेपाल आउनेछन् भने २९ अगस्टमा श्रीलंका र भूटानका कार्यकारी प्रमुखहरू आउनेछन्।
यसरी नै ३० अगस्टमा भारत, बंगलादेश र थाइल्याण्डका कार्यकारी प्रमुखहरू नेपाल आउनेछन्। ३० अगस्टकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाहुनाहरूलाई दिवा भोजको आयोजना गिरनेछ भने सोही दिन अध्यक्षका हैसियतले नेपालका प्रधानमन्त्री केपी शर्मा अोलीले सम्मेलनको उद्घाटन गर्नेछन्।
उद्घाटनकै दिन सहभागी राष्ट्रका कार्यकारी प्रमुखहरूले सम्मेलनलाई सम्बोधन पनि गर्नेछन्। ३१ अगस्ट बिहान पाहुनाहरूलाई रिट्रिटको कार्यक्रम राखिएको मन्त्री ज्ञवालीले जानकारी दिए। सोही दिन श्रीलंका तथा भारतका कार्यकारी प्रमुखहरूले प्रधानमन्त्री अोलीसँग भेट गरी केही महत्त्वपूर्ण विषयमा सम्झौता हुने जनाइएको छ।
३१ अगस्टका दिन श्रीलंका र म्यानमारका कार्यकारी प्रमुखहरू भने लुम्बिनी जाने योजना रहेको र सोही दिन सबै पाहुनाहरू फर्किने मन्त्री ज्ञवालीले बताए।
News Desk 0 response शुक्रबार, भदौ ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
