-
काठमाडौं,७ भदौ-संवैधानिक परिषद्को बैठक आज बस्दैछ। दिउँसो ४ बजे बस्ने बैठकले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने छ।
बैठकले सर्वोच्च अदालतमा तीन वर्ष स्थायी भएर काम गरिसकेका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दैछ। यसअघि प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि परिषद्ले अर्को नाम सिफारिस गर्न लागेको हो।
परिषदले कुनै पनि सिफारिस गर्दा सर्वसम्मत गर्ने गरेको थियो। त्यही आधारमा अबको प्रधानन्यायाधीश सिफारिस गर्दा पनि सर्वसम्मत हुने बताइएको छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सदस्य, राष्ट्रिय सभाको सदस्य र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेका छन।
५ सदस्यीय परिषदमा हाल अध्यक्षसहित तीन सदस्य सत्तारुढ दलका छन भने एकजना मात्रै प्रतिपक्षका भएकाले पनि निर्णय गर्न सत्तारुढलाई सहज हुने भएको छ । अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा छन। सम्भवतः समितिले यी दुई नाममा एक जनालाई सिफारिस गर्ने बुझिएको छ।
News Desk 0 response बिहिबार, भदौ ७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
