-
मोरङ, ६ भदौ – प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएको छ।पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए। उनले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढ सङ्कल्पित रहेको पनि बताए। लोपोन्मुख, गरीब र पछाडि परेका सबै जातजातिका लागि उच्च शिक्षा निःशुल्क गरिने बताउँदै प्रधानमन्त्री ओलीले भने, “न्यूनतम मापदण्ड पूरा गर्नुपर्यो।”
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीले सानातिना समस्या सुनाउन प्रधानमन्त्रीलाई कुर्नु नपर्ने बताउँदै गाउँपालिका र नगरपालिकाबाट समस्या समाधान हुने स्पष्ट गरे।सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले नेपाली जनताका समस्याको स्थायी समाधान गर्ने बताए। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पथरीशनिश्चरे नगरपालिका–१० स्थित १०८ बिघा जग्गामा सांस्कृतिक सङ्ग्रहालय बनाउने सरकारको कार्यक्रम रहेको जानकारी दिए।
मन्त्री भएपछि पहिलो पटक गृहनगरमा आएका मन्त्री ढकालले डाँस र बक्राहा खोलाको कटानको समस्या स्थायी रुपमा समाधानका लागि आफू क्रियाशील रहेको पनि बताए।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अबको कार्यसूची विरोध, द्वन्द्व र अराजकता नभई विकास मात्र भएको बताए। नेकपा पथरीशनिश्चरेका संयोजक मोहन कुमार तुम्बापोको सभापतित्वमा भएको भेलामा पथरीशनिश्चरे नगरपालिकाकाप्रमुख दिलीप कुमार राईले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
